images

२०८३ आश्विन १५ गते

images
images
images
  • प्रविधि
  • बाढीपहिरो र वर्षाले नेपाल टेलिकमको सेवा...

बाढीपहिरो र वर्षाले नेपाल टेलिकमको सेवा प्रभावित

बाढीपहिरो र वर्षाले नेपाल टेलिकमको सेवा प्रभावित

images
images
आइतवार, आश्विन ११ २०८३
आइतवार, आश्विन ११ २०८३
  • काठमाडौं । निरन्तरको वर्षा, हावाहुरी, बाढी तथा पहिरोका कारण नेपाल टेलिकमका विभिन्न स्थानमा दूरसञ्चार सेवा प्रभावित भएको छ । नेपाल टेलिकमले २०८३ असोज ८ गतेदेखि परेको निरन्तरको वर्षा र हावाहुरीका कारण देशका विभिन्न स्थानमा सेवा अवरुद्ध भएको जनाएको हो ।कम्पनीका अनुसार भारी वर्षा तथा पहिरोका कारण प्राविधिक टोलीलाई प्रभावित क्षेत्रमा पुग्न कठिनाइ हुनुका साथै अप्टिकल फाइबरमा क्षति पुगेको छ । यस्तै, विद्युत् आपूर्तिमा भएको अवरोध र हिमपात, वर्षात् तथा बादलका कारण सोलार साइटको प्रभावकारिता घट्दा सेवा सञ्चालनमा समस्या देखिएको टेलिकमले जनाएको छ ।

    images
    images

    प्राविधिक रूपमा सिस्टमबाट गर्न सकिने मर्मतसम्भारका काम जारी रहेको र सम्भव भएका स्थानमा सेवाको मर्मतकार्य भइरहेको टेलिकमले सूचना जारी गरी जानकारी दिएको छ । मौसममा सुधार आएसँगै प्रभावित कार्यस्थलमा प्राविधिक टोली परिचालन गर्ने गरी तयारी अवस्थामा राखिएको कम्पनीको भनाइ छ । सेवा अवरुद्ध हुँदा ग्राहकमा परेको असुविधाप्रति नेपाल टेलिकमले क्षमायाचना गरेको छ । साथै, बाढी, पहिरो र निरन्तर वर्षाका कारण उत्पन्न कठिन परिस्थितिमा पनि ग्राहकले धैर्यता देखाएको भन्दै नेपाल टेलिकमले आभार व्यक्त गरेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend