images

२०८३ कार्तिक ४ गते

images
images
images
  • शेयर
  • सबैभन्दा महँगो कम्पनी कुथेली बुकरी...

सबैभन्दा महँगो कम्पनी कुथेली बुकरी स्मल हाइड्रोपावरको नाफा घट्यो

सबैभन्दा महँगो कम्पनी कुथेली बुकरी स्मल हाइड्रोपावरको नाफा घट्यो

images
images
बुधवार, कार्तिक २८ २०८१
बुधवार, कार्तिक २८ २०८१
  • काठमाडौं । सेयर बजारमा हाइड्रोपावर सेक्टरको सबैभन्दा महँगो कम्पनी कुथेली बुकरी स्मल हाइड्रोपावरको नाफा घटेको छ ।

    images
    images

    यस कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४६ लाख ६३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिको तुलनामा कम्पनीको नाफा ७.७ प्रतिशत घटेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको खुद नाफा ५० लाख ५९ हजार रुपैयाँ थियो ।

    विद्युत् बिक्री आम्दानी र अन्य आम्दानी घट्दा नाफामा असर परेको देखिन्छ । बिक्री आम्दानी पहिले १ करोड १० लाख रुपैयाँ रहेकोमा अहिले १ करोड ४ लाख रुपैयाँ छ । अन्य आम्दानी पहिले १५ लाख ३३ हजार रुपैयाँ रहेकोमा अहिले शून्य छ ।

    images
    images

    यस कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १५ रुपैयाँ ३१ पैसा छ । प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ५२ पैसा छ । कम्पनीको सूचीकृत सेयर संख्या ज्यादै न्यून रहेकाले बजार मूल्य उच्च छ । बजारमा कम्पनीको १२ लाख १८ हजार ६७५ कित्ता मात्रै सेयर सूचीकृत छ । यसमध्ये सर्वसाधारण सेयर २ लाख ४३ हजार ७३५ मात्रै छ । बाँकी संस्थापक सेयरमा ‘लकइन’ अवधि कायम छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend