images

२०८३ कार्तिक ४ गते

images
images
images
  • शेयर
  • पहिलो त्रैमासमा १३ प्रतिशतले बढ्यो...

पहिलो त्रैमासमा १३ प्रतिशतले बढ्यो नागरिक लगानी कोषको नाफा

पहिलो त्रैमासमा १३ प्रतिशतले बढ्यो नागरिक लगानी कोषको नाफा

images
images
बुधवार, कार्तिक २८ २०८१
बुधवार, कार्तिक २८ २०८१
  • काठमाडौं ।  नागरिक लगानी कोषको नाफामा १३ प्रतिशत बढेको छ ।

    images
    images

    कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ३० करोड रुपैयाँ छ । गत आवको यस अवधिमा यस्तो नाफा २६ करोड ४८ लाख रुपैयाँ थियो । कम्पनीको ब्याज आम्दानी घट्दा पनि सेवा शुल्क तथा कमिसन आम्दानी बढेपछि नाफामा सुधार देखिएको हो । सेवा शुल्क तथा कमिसन आम्दानी पहिले ३२ करोड ९५ लाख रुपैयाँ रहेकोमा अहिले ३९ करोड १६ लाख रुपैयाँ छ ।

    तर ब्याज आम्दानी भने पहिले १२ करोड ४५ लाख रहेकोमा अहिले ११ करोड ९८ लाख रुपैयाँ छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १५७ रुपैयाँ ४२ पैसा छ । गत वर्षको असोज मसान्तसम्म १५९ रुपैयाँ ७९ पैसा थियो । वार्षिक प्रतिसेयर आम्दानी केही खुम्चिएको छ । पहिले १९ रुपैयाँ ९४ पैसा रहेकोमा अहिले १९ रुपैयाँ ८७ पैसा छ । नाफा बढ्दा पनि वार्षिक प्रतिसेयर आम्दानी घट्नुको मुख्य कारण कम्पनीको जारी सेयर संख्या बढ्नु हो । एक वर्षको अवधिमा कम्पनीको सेयर पूँजी ५ अर्ब ३१ करोडबाट बढेर ६ अर्ब ५ करोड पुगेको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend