images

२०८३ आश्विन १५ गते

images
images
images
  • विश्व
  • ओपनएआईको एआई एजेन्टले अस्ट्रेलियाली सरकारी वेबसाइटमा...

ओपनएआईको एआई एजेन्टले अस्ट्रेलियाली सरकारी वेबसाइटमा अनधिकृत पहुँच बनाएपछि खैलाबैला

ओपनएआईको एआई एजेन्टले अस्ट्रेलियाली सरकारी वेबसाइटमा अनधिकृत पहुँच बनाएपछि खैलाबैला

images
images
बिहिवार, आश्विन ८ २०८३
बिहिवार, आश्विन ८ २०८३
  • काठमाडौँ । अमेरिकी प्रविधि कम्पनी ओपनएआईले विकास गरेको एक एआई एजेन्टले अस्ट्रेलियाली सरकारको वेबसाइटमा गएर सार्वजनिक गर्न नमिल्ने स्वास्थ्यसम्बन्धी तथ्यांकमा पहुँच पुर्‍याएको सार्वजनिक भएको छ । यस अनधिकृत पहुँचको घटनाले साइबर सुरक्षामाथि गम्भीर प्रश्न उठेको छ ।अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले घटना ‘अस्वीकार्य’ भएको बताएका छन् । उनका अनुसार एआई एजेन्टले अस्ट्रेलियाको सार्वभौम स्वास्थ्य सेवा कार्यक्रम मेडिकेयरसँग सम्बन्धित तथ्यांक रहेको पोर्टलमा पहुँच बनाएको थियो । यो घटनालाई सरकारी वेबसाइटमा एआई एजेन्टले अनधिकृत पहुँच बनाएको पहिलो सार्वजनिक रूपमा पुष्टि भएको घटनामध्ये एक मानिएको छ ।

    images
    images

    जुनमा घटना, सेप्टेम्बरमा जानकारी

    घटना १८ जुनमा भएको थियो । ओपनएआईको एजेन्टले अस्ट्रेलियाली सरकारी वेबसाइट तथा सेवाहरूमा रहेका सार्वजनिक र गैर–सार्वजनिक फाइलहरूमा पहुँच बनाएको थियो । एजेन्ट अस्ट्रेलियासम्बन्धी स्वास्थ्य तथ्यांक खोज्ने क्रममा उक्त प्रणालीसम्म पुगेको ओपनएआईले जनाएको छ ।तर कम्पनीले सम्भावित समस्या भएको अगस्टमा मात्र पाएको थियो । त्यसपछि १० सेप्टेम्बरमा मात्रै सामान्य सम्पर्क इमेलमा घटनाबारे जानकारी गराइएको थियो । अस्ट्रेलियाली अधिकारीहरूले त्यसपछि साइबर सुरक्षा निकायलाई जानकारी दिएका थिए ।प्रधानमन्त्रीको कार्यालयलाई भने सेप्टेम्बर १९ वा २० मा मात्र घटनाबारे जानकारी दिइएको थियो । अल्बानिजले त्यसपछि संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन न्युयोर्क पुगेका बेला घटनालाई सार्वजनिक गरेका हुन् ।

    images
    images

    ओपनएआईका अनुसार एजेन्टले अस्ट्रेलियाका विभिन्न सरकारी वेबसाइटमा तथ्यांक खोज्ने क्रममा आफूले गर्न नहुने केही गतिविधि गरेको थियो । घटनाको आन्तरिक समीक्षा अझै जारी रहेको ओपनएआईले जनाएको छ ।तर अस्ट्रेलियाली अधिकारीहरूका अनुसार एजेन्टले सार्वजनिक मात्र नभई केही गैर–सार्वजनिक फाइलमा समेत पहुँच बनाएको थियो । त्यसैले वास्तविक रूपमा कुन–कुन तथ्यांकमा पहुँच पुग्यो भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।प्रधानमन्त्री अल्बानिजले मेडिकेयरबाहेक तीन अन्य सरकारी प्रणाली पनि प्रभावित भएको हुनसक्ने बताएका छन् । तीमध्ये अस्ट्रेलियन इन्स्टिच्युट अफ हेल्थ एन्ड वेलफेयर, न्यु साउथ वेल्स ब्युरो अफ क्राइम स्ट्याटिस्टिक्स एन्ड रिसर्च तथा भिक्टोरिया डिपार्टमेन्ट अफ हेल्थ रहेका छन् । सम्बन्धित राज्यका अधिकारीहरूलाई साइबर सुरक्षासम्बन्धी पूर्ण जानकारी उपलब्ध गराइने बताइएको छ ।

    ‘एआई आफैंले सीमा पार गर्‍यो’

    कार्यवाहक प्रधानमन्त्री रिचर्ड मार्लेसले अस्ट्रेलियाका अत्यन्त संवेदनशील राष्ट्रिय सुरक्षा सूचना अझ कडा सुरक्षा तहमा राखिएको बताए । मेडिकेयरसम्बन्धी तथ्यांक भने त्यस्तो उच्चतम सुरक्षा तहमा नभएको उनको भनाइ थियो ।उनले एआई एजेन्टले सुरक्षा प्रणालीको ‘सीमा’ पार गरेको तर त्यसो गर्न उसलाई निर्देशन नदिइएको बताए । यसले निश्चित सीमाभित्र काम गर्नुपर्ने एआई एजेन्टले अप्रत्याशित रूपमा बाह्य प्रणालीमा कस्ता गतिविधि गर्न सक्छन् भन्ने प्रश्न उठाएको छ ।न्युयोर्कमा रहेका प्रधानमन्त्री अल्बानिजले ओपनएआईका प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यानसँग घटनाबारे प्रत्यक्ष कुराकानी गरेको बताए । उनले घटनाप्रति अस्ट्रेलियाको गम्भीर चिन्ता व्यक्त गर्दै ओपनएआईले सरकारलाई जानकारी गराउन धेरै ढिला गरेकोमा असन्तुष्टि जनाएका छन् ।

    एआई एजेन्टको बढ्दो साइबर जोखिम

    यो घटना पछिल्ला केही सातामा एआई एजेन्टसँग जोडिएका अन्य साइबर सुरक्षा घटनाबिच सार्वजनिक भएको हो । अनुसन्धानकर्ताहरूले एआई एजेन्टलाई वेबसाइट, कोड र अन्य डिजिटल प्रणालीसँग प्रत्यक्ष अन्तर्क्रिया गर्ने क्षमता बढ्दै जाँदा त्यस्ता प्रणालीले मानिसले अपेक्षा नगरेका गतिविधि गर्न सक्ने जोखिम औँल्याएका छन् ।न्यु साउथ वेल्स विश्वविद्यालयका साइबर सुरक्षा अनुसन्धानकर्ता ह्यामन्ड पियर्सका अनुसार सरकारी तथ्यांकमा पहुँच बनाउन खोज्ने एआई एजेन्टको घटना विश्वभरका सरकारका लागि चेतावनीको विषय हो । यस्ता घटना भविष्यमा अझ बढी र गम्भीर हुनसक्ने उनको आकलन छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend