काठमाडौँ । कालिञ्चोक दर्शन र माछापुच्छ्रे बैंकले लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । यी दुई कम्पनीले क्रमश असोज ९ र १२ गते बुक क्लोज गर्ने भएकाले आजसम्म कायम सेयरधनीहरुले मात्रै लाभांश प्राप्त गर्ने भएका हुन् ।माछापुच्छ्रे बैंकले लाभांश र सभा प्रयोजनका लागि असोज १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ आज असोज ८ गतेसम्म कायम सेयरधनीहरुलेमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन् । त्यस्तै, कालिञ्चोक दर्शनले पनि लाभांश र सभा प्रयोजनका लागि भोलि असोज ९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको आज असोज ८ गतेसम्म कायम सेयरधनीहरुले मात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन् ।
माछापुच्छ्रे बैंकले आफ्नो २८ औँ वार्षिक साधारणसभा यही असोज २८ गते आयोजना गर्ने निर्णय गरेको छ । सभा पोखराको पार्दीस्थित होटल पोखरा ग्रान्डमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभाले गत आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तावित वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल ६ प्रतिशत लाभांश पारित गर्नेछ । जसमा ३ प्रतिशतले हुन आउने ३६ करोड २५ लाख ८६ हजार ३४७ रुपैयाँ बराबरको बोनस सेयर र ३ प्रतिशतले हुन आउने ३६ करोड २५ लाख ८६ हजार ३४७ रुपैयाँ बराबरको नगद लाभांश (करसहित) छन् ।त्यस्तै, कालिञ्चोक दर्शनले आफ्नो १२ औँ वार्षिक साधारणसभा आउँदो असोज १६ गते आयोजना गर्ने निर्णय गरेको छ । सभा भक्तपुरको गठ्ठाघरस्थित जर्मन होम्स होटलमा बिहान ११ः३० बजेबाट सुरु हुनेछ । सभाले आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजी ६३ करोड रुपैयाँको कुल ८.९४७४ प्रतिशत लाभांश अनुमोदन गर्नेछ । जसमा ८.५ प्रतिशतले हुन आउने ५ करोड ३५ लाख ५० हजार रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.४४७४ प्रतिशतले हुन आउने २८ लाख १८ हजार ४२१.०५ रुपैयाँबराबरको नगद लाभांश छन् ।
सभाले बोनस सेयर वितरणपछि कायम हुने चुक्तापुँजीको १ः१ अनुपात अर्थात १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ । बोनस सेयर वितरणपछि चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने अर्को विशेष प्रस्ताव अनुमोदन गर्नेछ ।




.gif)





