images

२०८३ आश्विन १५ गते

images
images
images
  • शेयर
  • दुई कम्पनी र एक म्युचुअल फण्डको...

दुई कम्पनी र एक म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

दुई कम्पनी र एक म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

images
images
बुधवार, आश्विन ७ २०८३
बुधवार, आश्विन ७ २०८३
  • काठमाडौं । दुई कम्पनी र एक म्युचुअल फण्डकोन लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । आज सांग्रिला डेभलपमेन्ट बैंक, स्नो रिभर्स र सिटिजन्स सुपर ३० को लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ सांग्रिला र स्नो रिभर्सले र प्रतिफल वितरण प्रयोजनार्थ सिटिजन्स म्युचुअल फण्डले भोली अर्थात असोज ८ गते बुकक्लोज गर्दैछन् । यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनी तथा इकाईधनीहरुले यी दुई कम्पनीहरुको लाभांश प्राप्त गर्न सक्नेछन् ।

    images
    images

    सांग्रिला डेभलपमेन्ट बैंकले असोज २२ गते, बिहीबार, एलिस रिसेप्सन, गैरीधारा, काठमाडौँमा बाईसौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान १० बजे सुरु हुनेछ । सभाले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थसहित ६.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्विजिशनसम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारण सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरुको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

    त्यस्तै, स्नो रिभर्सले असोज २१ गते, बुधबार, लिसरा रिसेप्सन्स प्रा.लि., भगवती बहाल, नक्साल, काठमाडौँमा पाँचौ वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान साढे ८ बजे सुरु हुनेछ । सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । यसका साथै सभाले कम्पनीको प्रबन्धपत्र संशोधन गर्ने, लोन अगेन्स्ट आईपीओ स्वीकार गर्ने सम्बन्धी निर्णय अनुमोदन गर्ने, विभिन्न जलविद्युत आयोजना तथा कम्पनीमा सेयर लगानी गर्ने निर्णय अनुमोदन गर्ने, सर्वसाधारण सेयरधनीका तर्फबाट १ जना सञ्चालक निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।सिटिजन्स क्यापिटलको योजना व्यवस्थापनमा सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिटिजन्स सुपर ३० म्युचुअल फण्डले भने गत वर्षको नाफाबाट करसहित ५.२५ प्रतिशत नगद लाभांश वितरण गर्नेछ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend