काठमाडौँ । आरजी होम अप्लायन्सेसले नेपाली बजारमा दुई नयाँ एयर फ्रायर सार्वजनिक गरेको छ। कम्पनीले आधुनिक घरायसी भान्सालाई लक्षित गर्दै नयाँ दुई मोडलका एयर फ्रायर नेपाली बजारमा लन्च गरेको हो।
कम्पनीका अनुसार नयाँ एयर फ्रायरले उपभोक्तालाई सहज तथा सुविधाजनक रूपमा विभिन्न परिकार तयार गर्न सहयोग पुर्याउनेछ। पछिल्लो समय घरायसी भान्सामा आधुनिक विद्युतीय उपकरणको प्रयोग बढ्दै गएकाले सोही मागलाई ध्यानमा राखेर नयाँ उत्पादन नेपाली बजारमा ल्याइएको कम्पनीले जनाएको छ।
एयर फ्रायर पछिल्लो समय तेल रहित विभिन्न परिकार तयार गर्न सकिने भएकाले उपभोक्ता माझ लोकप्रिय हुँदै गएको घरायसी उपकरण हो। खाना पकाउने प्रक्रियालाई सहज र समय बचत गर्ने उपकरणका रूपमा यसको प्रयोग बढिरहेको छ।
आरजी होम अप्लायन्सेसले नेपाली बजारमा उपभोक्ताको बदलिँदो आवश्यकता र जीवनशैलीअनुसार घरायसी विद्युतीय उपकरणहरू उपलब्ध गराउँदै आएको जनाएको छ। नयाँ दुई एयर फ्रायरको लन्चसँगै कम्पनीले आफ्नो उत्पादन पोर्टफोलियो थप विस्तार गरेको छ।
कम्पनीले नेपाली उपभोक्तालाई लक्षित गर्दै गुणस्तरीय तथा आधुनिक प्रविधिमा आधारित घरायसी उपकरण उपलब्ध गराउने आफ्नो योजनाअनुसार नयाँ एयर फ्रायर बजारमा ल्याएको जनाएको छ।
नयाँ उत्पादनको बजार विस्तारसँगै नेपाली उपभोक्ताले आफ्नो आवश्यकता र भान्साको प्रयोगअनुसार एयर फ्रायर छनोट गर्न सक्ने कम्पनीको अपेक्षा छ। आरजी होम अप्लायन्सेसले आगामी दिनमा पनि उपभोक्ताको मागअनुसार नयाँ तथा आधुनिक घरायसी उपकरण नेपाली बजारमा ल्याउँदै जाने जनाएको छ।




.gif)





