images

२०८३ आश्विन १५ गते

images
images
images

सिद्धार्थ बैंकले बोलायो साधारण सभा

सिद्धार्थ बैंकले बोलायो साधारण सभा

images
images
मंगलवार, आश्विन ६ २०८३
मंगलवार, आश्विन ६ २०८३
  • काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडको साधारणसभा आह्वान गरेको छ । बैंकले असोज २८ गते, बुधबार, आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा २५ औँ वार्षिक साधारण सभा बोलाएको हो । सो सभा बिहान ९ बजे शुरु हुनेछ ।बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा बोलाएका हो । सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ सहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । यसका साथै, सभाले अविमोच्य असञ्चिति अग्राधिकार सेयरधनीहरुलाई १३६ दिनको समानुपातिक रूपमा ८.२५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।

    images
    images

    साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले असोज १६ गते, एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । यस अनुसार असोज १५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend