images

२०८३ आश्विन १५ गते

images
images
images
  • शेयर
  • स्वरोजगार लघुवित्तको ७ हजार कित्ता संस्थापक...

स्वरोजगार लघुवित्तको ७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

स्वरोजगार लघुवित्तको ७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

images
images
मंगलवार, आश्विन ६ २०८३
मंगलवार, आश्विन ६ २०८३
  • काठमाडौँ ।  स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सदस्य सुचित्रा पन्त शाहको नाममा रहेको ७ हजार कित्ता सेयर बिक्रीमा राखेको हो ।संस्थापक सेयर बिक्री गर्दा विद्यमान संस्थापक सेयरधनीलाई प्राथमिकता दिनुपर्ने नेपाल राष्ट्र बैंकको निर्देशनको व्यवस्था बमोजिम उक्त सेयर कम्पनीका विद्यमान संस्थापक सेयरधनीले मात्रै किन्न पाउने गरि बिक्रीमा राखिएको कम्पनीले जनाएको छ । उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिन भित्र कार्यालय समय भित्र आवश्यक कागजात संलग्न गरी आवेदन दिनु पर्ने छ । आवेदन संस्थाको केन्द्रीय कार्यालय बनेपा–५, काभ्रेपलाञ्चोक स्थित प्रशासन विभागमा लिखित रुपमा निवेदन दिनु पर्ने छ ।

    images
    images

    तोकिएको म्याद भित्र निवेदन पेश हुन नआएमा वा प्राप्त निवेदनबाट उल्लेखित सम्पूर्ण सेयर बिक्री नभएमा प्रचलित कानुन ÷ व्यवस्था बमोजीम अन्य व्यक्ति वा संस्थालाई संस्थापक सेयर बिक्री गर्ने गरी आवश्यक प्रक्रिया अघि बढाईने कम्पनीले जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend