images

२०८३ आश्विन १५ गते

images
images
images
  • कर्पोरेट
  • भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न...

भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न अर्थमन्त्री वाग्लेको आह्वान

भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न अर्थमन्त्री वाग्लेको आह्वान

images
images
अर्थ समाचार
शनिवार, आश्विन ३ २०८३
अर्थ समाचार
शनिवार, आश्विन ३ २०८३
  • नयाँ दिल्ली । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता, उद्योगी तथा व्यवसायीलाई नेपालमा लगानी र व्यापारका अवसर खोजी तथा विस्तार गर्न आह्वान गरेका छन्। उनले नेपालमा लगानीका लागि अहिले उपयुक्त समय रहेको समेत बताएका छन्।

    images
    images

    नयाँ दिल्लीस्थित इन्डिया ह्याबिट्याट सेन्टरमा कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्री (सीआईआई)ले आयोजना गरेको व्यापार तथा लगानी अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले नेपालमा उदीयमान लगानीका अवसरबारे जानकारी गराउँदै भारतीय निजी क्षेत्रलाई नेपालको आर्थिक रूपान्तरणमा सहभागी हुन आग्रह गरेका हुन्।

    मन्त्री वाग्लेको तीनदिने नयाँ दिल्ली भ्रमणअन्तर्गत आयोजित कार्यक्रममा भारतीय व्यवसायी तथा निजी क्षेत्रका प्रतिनिधिहरूको सहभागिता थियो।

    images
    images

    सम्बोधनका क्रममा अर्थमन्त्री वाग्लेले उच्च आर्थिक वृद्धिको सम्भावना भएका विभिन्न क्षेत्रमा नेपालले लगानीका लागि ठूलो अवसर प्रदान गरिरहेको बताए। उनले नेपालमा सञ्चालनमा रहेका भारतीय कम्पनीलाई लगानी विस्तार गर्न तथा नयाँ लगानीकर्तालाई नेपाली बजार र सम्भावनाको खोजी गर्न आग्रह गरे।

    सरकारले सुशासन, आर्थिक समृद्धि, लगानी सहजीकरण र संरचनात्मक आर्थिक रूपान्तरणलाई प्राथमिकतामा राखेर काम गरिरहेको उनको भनाइ थियो। नीतिगत सुधारलाई तीव्रता दिँदै थप अनुमानयोग्य, पारदर्शी र लगानीमैत्री व्यावसायिक वातावरण निर्माणका लागि सरकार सक्रिय रहेको उनले बताए।

    अर्थमन्त्री वाग्लेले डिजिटलाइजेसन, स्वच्छ ऊर्जा, उच्च मूल्यका कृषि उत्पादन, वेलनेस पर्यटन तथा उत्पादन साझेदारीमा आधारित उत्पादन क्षेत्रलाई नेपालको अर्थतन्त्रका उदीयमान क्षेत्रका रूपमा प्रस्तुत गरे।

    “भारतीय व्यवसायीहरूलाई नेपाललाई बजारको रूपमा मात्र नभई लगानी, उत्पादन, मूल्य अभिवृद्धि तथा क्षेत्रीय र विश्वव्यापी आपूर्ति शृंखलामा एकीकरणका लागि रणनीतिक साझेदारका रूपमा हेर्न चाहन्छौँ,” उनले भने।

    उनका अनुसार वार्षिक बजेट, कर सुधार तथा लगानीमैत्री नीतिगत पहलमार्फत सरकारले व्यवसायिक वातावरण सुधार, लगानीका अवरोध हटाउने र निजी क्षेत्रको नेतृत्वमा आर्थिक वृद्धि हासिल गर्ने प्रयास गरिरहेको छ।

    वाग्लेले लगानी, उत्पादन, ऊर्जा, पर्यटन, कृषि, डिजिटल अर्थतन्त्र लगायतका क्षेत्रमा नेपाल–भारत आर्थिक साझेदारी विस्तारको ठूलो सम्भावना रहेको बताए। नेपाल र भारतबीचको दीर्घकालीन आर्थिक सम्बन्धले द्विपक्षीय व्यापार तथा लगानी विस्तारका लागि बलियो आधार तयार गरेको उनको भनाइ थियो।

    कार्यक्रममा सहभागी भारतीय व्यवसायी तथा सीआईआईका सदस्यहरूले नेपालमा व्यापार र लगानीका अवसरबारे चासो व्यक्त गरेका थिए। उनीहरूले सम्भावित सहकार्यका क्षेत्र, नेपालको लगानी नीति, उपलब्ध सुविधा, क्षेत्रगत अवसर तथा व्यवसायिक वातावरणबारे अर्थमन्त्रीसँग जानकारी लिएका थिए।

    अन्तरक्रियाले नेपाल सरकार र भारतीय निजी क्षेत्रबीचको आर्थिक सम्बन्ध थप सुदृढ गर्दै नेपालमा भारतीय लगानी तथा व्यवसायिक सहकार्य विस्तारका सम्भावित क्षेत्र पहिचान गर्न महत्वपूर्ण मञ्च प्रदान गरेको बताइएको छ।

    भारत भ्रमणमा रहेका अर्थमन्त्री वाग्लेले नेपाल–भारत आर्थिक सहकार्य, लगानी, कनेक्टिभिटी, ऊर्जा तथा विपद्पछिको पुनर्निर्माण लगायतका विषयमा भारतीय अधिकारी, व्यवसायी तथा नीतिगत समुदायसँग छलफल गरिरहेका छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend