images

२०८३ कार्तिक ४ गते

images
images
images
  • शेयर
  • प्रिओपन सेसनमा ५.४८ अंकले बढ्यो...

प्रिओपन सेसनमा ५.४८ अंकले बढ्यो नेप्से

प्रिओपन सेसनमा ५.४८ अंकले बढ्यो नेप्से

images
images
मंगलवार, कार्तिक २७ २०८१
मंगलवार, कार्तिक २७ २०८१
  • काठमाडौं । साताको तेस्रो कारोबार दिनको प्रिओपन सेसनमा सेयर बजार परिसूचक (नेप्से) एकल अंकले बढेको छ । मंगलबारको प्रिसेसनमा ५.४८ अंकले बढ्दै नेप्से २७६५.६९ को बिन्दुमा उक्लिएको छ ।

    images
    images

    सूचकसँगै प्रिसेसनमा कारोबार रकम पनि यसअघिका दिनका तुलनामा बढेको छ । प्रिसेसनमा ६ हजार १६६ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ४८ लाख ५६ हजार रुपैयाँ बराबरको भयो ।

    यो सेसनमा मुख्यगरी बैंक, लघुवित्त, जलविद्युत क्षेत्रका कम्पनीको सेयर किनबेच भएको छ । कारोबारमा आएका ६० कम्पनीमध्ये २८ को मूल्य बढ्दा यो सेसनमा २५ कम्पनीको भने मूल्य घट्यो । ७ कम्पनीको भने मूल्य स्थिर रह्यो ।

    images
    images

    यो सातासँगै सेयर बजारमा निरन्तर उत्साहपूर्ण बृद्धि भइरहेको छ । आइतबार ६२.५४ अंकले बढेको नेप्से सोमबार २२.१४ अंकले बढेको थियो । सँगै कारोबार रकम पनि उत्साहजनकरुपमा बढेको छ ।

    मंगलबारको प्रिओपन सेसनको कारोबार पनि नेप्सेमा उत्साहकै अवस्थालाई संकेत गरेको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend