images

२०८३ कार्तिक ४ गते

images
images
images

ब्याज आम्दानी बढेपछि एनएमबि लघुवित्त नाफामा

ब्याज आम्दानी बढेपछि एनएमबि लघुवित्त नाफामा

images
images
मंगलवार, कार्तिक २७ २०८१
मंगलवार, कार्तिक २७ २०८१
  • एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेड (NMBMF) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार गत आर्थिक वर्षको असोज मसान्त सम्ममा नोक्सानीमा रहेको लघुवित्त, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा नाफामा पुगेको छ।

    images
    images

    चालु आर्थिक वर्षको पहिलो तीन महिनामा लघुवित्तले ७१ लाख ५४ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधि सम्ममा कम्पनी ४ करोड ७३ लाख रुपैयाँ नोक्सानीमा थियो।

    लघुवित्तको ब्याज आम्दानी बढेसँगै खुद नाफा बढ्न पुगेको हो।

    images
    images

    समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ४०.८६ प्रतिशत, खुद फि तथा कमिशन आम्दानी १८.४६ प्रतिशत र कुल सञ्चालन आम्दानी ३७.९९ प्रतिशत बढेको छ। गत आर्थिक वर्षमा ४ करोड ७० लाख रुपैयाँ ऋणात्मक रहेको लघुवित्तको सञ्चालन मुनाफा भने चालु आर्थिक वर्षको सोही अवधि सम्ममा ७१ लाख ३९ हजार रुपैयाँ धनात्मक भएको छ।

    लघुवित्त नाफामा पुगे सँगै प्रतिशेयर आम्दानी पनि धनात्मक भएको छ। असोज मसान्त सम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ९७ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३० रुपैयाँ २४ पैसा र मूल्य आम्दानी अनुपात १८१.८६ गुणा रहेको छ।

    ७२ करोड १४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा २१ करोड ८१ लाख रुपैयाँ सञ्चित छ। लघुवित्तले सो अवधि सम्ममा ४ अर्ब ६८ करोड रुपैयाँ निक्षेप तथा सापटीबाट ५ अर्ब ४९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend