images

२०८३ आश्विन १६ गते

images
images
images
  • शेयर
  • आरम्भ चौतारीको निष्क्रिय कर्जामा सुधार, नाफा...

आरम्भ चौतारीको निष्क्रिय कर्जामा सुधार, नाफा ८ गुणाले बढ्यो

आरम्भ चौतारीको निष्क्रिय कर्जामा सुधार, नाफा ८ गुणाले बढ्यो

images
images
सोमवार, कार्तिक २६ २०८१
सोमवार, कार्तिक २६ २०८१
  • काठमाडौं । आरम्भ चौतारी लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड १५ लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनीले गत आवको सोही अवधिको तुलनामा साढे ८ गुणा बढी नाफा गरेको हो ।

    images
    images

    आव २०८०/८१ को असोज मसान्तसम्म कम्पनीले मात्रै २५ लाख ४४ हजार नाफा कमाएको थियो । ब्याज खर्च घट्दा आरम्भ चौतारीको नाफा बढेको हो । लघुवित्तले यस अवधिमा १६ करोड २१ लाख रुपैयाँ ब्याज आम्दानी गर्दा ७ करोड ६५ लाखमात्र ब्याज खर्च भएको छ । गत आवको सोही अवधिमा कम्पनीको ब्याज आम्दानी १६ करोड ९० लाख र १० करोड ४१ लाख खर्च थियो ।

    कम्पनीको नाफा बढ्दा प्रतिसेयर आम्दानी २३ रुपैयाँ ४४ पैसा र प्रतिसेयर नेटवर्थ १ सय ४२ रुपैयाँ २८ पैसा कायम भएको छ ।आरम्भ चौतारीले निष्क्रिय कर्जामा व्यापाक सुधार गरेको देखिन्छ । कुल कर्जामा मात्रै २.१४ प्रतिशत नियमित नभएको कर्जा छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend