काठमाडौँ । प्रभु बैंकका कर्मचारी, उनीहरूका परिवारजन तथा बैंकका डेबिट र क्रेडिट कार्डवाहकहरूलाई भारतको गुरुग्राम, हरियाणास्थित मेदान्ता-द मेडिसिटी हस्पिटलको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।म्झौता अनुसार ओपिडी सेवाअन्तर्गत सबै परामर्शका साथै ल्याबोरेटोरी र रेडियोलोजी जाँचमा मेदान्ता हस्पिटलको प्रचलित दरमा १५ प्रतिशत छुट पाइनेछ। त्यसैगरी, आइपिडी सेवाअन्तर्गत कोठाको भाडा तथा ल्याबोरेटोरी र रेडियोलोजी जाँचमा पनि १५ प्रतिशत छुट उपलब्ध हुनेछ।
सम्झौतापत्रमा मेदान्ता-द मेडिसिटी हस्पिटलका तर्फबाट कर्पोरेट साझेदारी प्रमुख सत्य चतुर्वेदी र प्रभु बैंक लिमिटेडका तर्फबाट भारतका कन्ट्री हेड सुनिल मिश्राले हस्ताक्षर गरेका छन्। यो सम्झौता १५ अगस्ट २०२६ देखि १४ अगस्ट २०२८ सम्म कायम रहनेछ।




.gif)



