कात्तिक २५ गते, आइतबार, सगरमाथा जलविद्युत कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात कात्तिक २६ गते बुकक्लोज गर्दैछ।
यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
कम्पनीले हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२५ प्रतिशतका दरले नगद लाभांश गरी कुल ५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। सो प्रस्ताव पारित गर्न कम्पनीले मंसिर १४ गते, शुक्रबार, स्मार्ट दरबार, शंखपार्क, काठमाडौँमा चौथो वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ९ बजे शुरु हुनेछ।




.gif)





