images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • भोटेकोशी बाढी प्रभावितको उद्धार र राहतबारे...

भोटेकोशी बाढी प्रभावितको उद्धार र राहतबारे रवि लामिछानेले लिए ब्रिफिङ

भोटेकोशी बाढी प्रभावितको उद्धार र राहतबारे रवि लामिछानेले लिए ब्रिफिङ

images
images
आइतवार, भाद्र १४ २०८३
आइतवार, भाद्र १४ २०८३
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भोटेकोशी बाढीको विपदमा उद्धार र राहतको विषयमा अहिलेसम्म भइरहेको कामको जानकारी लिएका छन् । आइतबार पार्टीको तर्फबाट उद्धार तथा राहतका लागि गठन भएको संयन्त्रका नेताहरूलाई केन्द्रीय कार्यालय वनस्थलीमा बोलाएर उनले प्रभावित क्षेत्रमा भइरहेको कामबारे जानकारी लिएका हुन् ।

    images
    images

    प्रवक्ता जगदीश खरेलले प्रभावकारी कामको लागि पार्टीको सम्पूर्ण तह र निकायलाई निर्देशन दिएको जानकारी दिए ।  ‘भोटेकोसी बाढीको विपदमा खोजी, उद्धार र राहतको सन्दर्भमा रास्वपा सभापति रवि लामिछानेले  पार्टी  सर्कलमा अहिले भइरहेको कामको ब्रिफिङ लिनुभएको छ । साथै प्रभावकारी कामको लागि पार्टीको सम्पूर्ण तह र निकायलाई  निर्देशन दिनुभएको छ’, खरेलले भने । भदौ १० गते भोटेकोशीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँको तटीय क्षेत्रमा ठुलो जनधानको क्षति भएको थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend