images

२०८३ आश्विन १६ गते

images
images
images

चाँगुनारायणले ५० लाख सहयोग गर्ने

चाँगुनारायणले ५० लाख सहयोग गर्ने

images
images
शुक्रवार, भाद्र १२ २०८३
शुक्रवार, भाद्र १२ २०८३
  • भक्तपुर, १२ भदौ । चाँगुनारायण नगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ५० लाख ३५ हजार सहयोग गर्ने निर्णय गरेको छ ।

    images
    images

    स्थानीय विपद् व्यवस्थापन समितिको निर्णयअनुसार भोटेकोशी नदीमा आएको विनासकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउन उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो ।

    नगरप्रमुख जीवन खत्रीले स्थानीय विपद् व्यवस्थापन कोषबाट रु १० लाख, जनप्रतिनिधिबाट एक महिनाको तलब तथा सेवा सुविधाबापतको रु सात लाख जम्मा गर्ने निर्णय भएको जानकारी दिएका छन् ।
     
    यस्तै, कर्मचारीबाट तहअनुसार दुईदेखि सात दिनसम्मको तलब सुविधा गरी रु २० लाख ३५ हजार र चाँगुनारायण नगरपालिकाका शिक्षकबाट रु १३ लाखबराबरको सहयोग रकम उपलब्ध गराइनेछ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend