images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • विपद्का बेला ‘भीआईपी मुभमेन्ट’ नगर्न रवि...

विपद्का बेला ‘भीआईपी मुभमेन्ट’ नगर्न रवि लामिछानेको आग्रह

विपद्का बेला ‘भीआईपी मुभमेन्ट’ नगर्न रवि लामिछानेको आग्रह

images
images
बुधवार, भाद्र १० २०८३
बुधवार, भाद्र १० २०८३
  • काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपद्का समयमा हुने ‘भीआईपी’ मुभमेन्टले सुरक्षा निकायलाई अतिरिक्त चुनौती थप्ने बताएका छन्।उनले आफ्नो र आफ्नो दलका सांसदका लागि कुनै पनि विशेष सुरक्षा प्रबन्ध नगर्न आग्रह गरेका हुन्।प्रतिनिधि सभाको बैठकमा बोल्दै लामिछानेले अत्यावश्यक अवस्थाबाहेक आफू कार्यक्षेत्रमा नजाने र सरकारलाई प्रभावकारी रूपमा काम गराउन भूमिका खेल्ने स्पष्ट पारे। कुनै कारणवश प्रभावित क्षेत्रमा पुग्नुपरे पनि सुरक्षा वा अन्य कुनै सुविधाको चिन्ता नलिन र प्रशासनको काममा बाधा नपुर्‍याउन उनले आग्रह गरे।लामिछानेले भने, ‘विपद्का बेला भीआईपी मुभमेन्टले सुरक्षाकर्मी लागि चुनौती सिर्जना गर्दछ। म र मेरो दलका सांसदहरू फिल्डमा जाँदा सुरक्षाकर्मीले कुनै चिन्ता लिनुपर्ने छैन।’

    images
    images

    सरकार आफैँ प्रभावित क्षेत्रमा पुग्नुपर्नेमा जोड दिँदै उनले थपे, ‘हामीमध्ये कोही पुग्नुपरेको खण्डमा पनि अतिरिक्त सुरक्षा र सेवा लिने छैनौँ। हामी व्यक्तिगत तवरबाट जानेछौँ र प्रशासनको काममा कुनै दखलअन्दाज हुने छैन।’विपद्का समयमा सीमान्तकृत र अल्पसङ्ख्यक समुदाय बढी प्रभावित हुने तथ्यतर्फ ध्यानाकर्षण गराउँदै उनले महिला, गर्भवती, वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्ति र दलित समुदायलाई उद्धार र राहतमा प्राथमिकता दिन माग गरे।त्रिशूली क्षेत्रमा आएको भीषण बाढीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै लामिछानेले नागरिकको ज्यान जोगाउन सरकारलाई सम्पूर्ण सामथ्र्य लगाउन आग्रह गरे। बिहानैदेखि प्रधानमन्त्री, गृहमन्त्री र स्वास्थ्यमन्त्री लगायतका सरकारी संयन्त्रसँग निरन्तर संवाद र समन्वय भइरहेको उनले जानकारी दिए। विपद्को समयमा सत्ता र प्रतिपक्षको घेराभन्दा माथि उठेर एकजुट हुन आवश्यक रहेको भन्दै उनले सहयोगको प्रतिबद्धता जनाउने विपक्षी दलहरूप्रति आभार व्यक्त गरे।

    संसद्‌मा बोल्दै उनले भने, ‘त्रिशूली क्षेत्रमा आएको अकल्पनीय बाढीबाट भएको जनधनको अपूरणीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दछु। यस कठिन घडीमा प्रभावित नागरिकसँग सिङ्गो रास्वपा र सरकार साथमा छ।’ नागरिकको ज्यान बचाउनु पहिलो प्राथमिकता भएको उल्लेख गर्दै उनले थपे, ‘सरकारले आफ्नो सम्पूर्ण सामथ्र्य उद्धार तथा राहतमा लगाउनेछ भन्नेमा म प्रतिबद्ध छु।’रसुवा, धादिङ, चितवन र नवलपरासी लगायतका नदीतटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन उनले अपिल गरे।प्राकृतिक विपद्को सामना गर्न सबै राजनीतिक दललाई दलीय स्वार्थ र झण्डाभन्दा माथि उठेर काम गर्न उनले आह्वान गरे। दलहरूसँग भएका दक्ष र तालिमप्राप्त जनशक्तिलाई स्थानीय प्रशासनसँग समन्वय गरी परिचालन गर्नुपर्नेमा उनले जोड दिए। विपद्का बेला अपुष्ट समाचार सम्प्रेषण नगर्न र एआईबाट सिर्जित भ्रमपूर्ण फोटो तथा भिडियो नफैलाउन पनि उनले आग्रह गरे।अन्तमा लामिछानेले भने, ‘जब देशमा विपत्ति आउँछ, नेपालले सधैँ राजनीतिभन्दा माथि उठेर नागरिकको सेवालाई परम धर्म मान्दै आएको छ। यसपटक पनि सोही प्रतिबद्धताको आवश्यकता छ।’ राहत तथा उद्धारका नाममा हुने अव्यवस्थित भिडभाड रोक्न र सबै सहायता स्थानीय प्रशासनमार्फत नै वितरण गर्न उनले सुझाव दिए।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend