images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • रसुवा बाढीपछि उद्धार र राहतमा खटिन...

रसुवा बाढीपछि उद्धार र राहतमा खटिन रवि लामिछानेको निर्देशन

रसुवा बाढीपछि उद्धार र राहतमा खटिन रवि लामिछानेको निर्देशन

images
images
बुधवार, भाद्र १० २०८३
बुधवार, भाद्र १० २०८३
  • काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रसुवामा आएको बाढीका कारण उत्पन्न विपद्को घडीमा उद्धार र राहतमा सक्रिय हुन पार्टीका नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् । बुधबार सामाजिक सञ्जालमार्फत एक अपिल जारी गर्दै सभापति लामिछानेले प्रभावित नागरिकको जीवनरक्षा र उद्धारलाई पहिलो प्राथमिकतामा राख्दै संयमित र जिम्मेवार ढंगले अघि बढ्न आग्रह गरेका हुन् ।लामिछानेले पार्टीको स्थानीय तहदेखि केन्द्रीय तहसम्मका सम्पूर्ण सदस्यहरूलाई स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गरी स्वयंसेवी कार्यमा सहभागी हुन आह्वान गरेका छन् । उनले लेखेका छन्, ‘विपद्को यस घडीमा हामी सबैको एउटै प्राथमिकता हो–नागरिकको जीवन रक्षा, सुरक्षित उद्धार र मानवीय सहयोग ।’

    images
    images

    बाढी तथा विपद्को जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा सर्न र जोखिमपूर्ण क्षेत्रमा नबस्न लामिछानेले अनुरोध गरेका छन् । उनले स्थानीय प्रशासन र सुरक्षा निकायले दिएका निर्देशनहरूलाई पूर्ण रूपमा पालना गर्न समेत आग्रह गरेका छन् । संवेदनशील समयमा सामाजिक सञ्जालमा अप्रमाणित सूचना र अफवाह नफैलाउन सभापति लामिछानेले सबैमा सचेत गराएका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend