images

२०८३ आश्विन २६ गते

images
images
images
  • शेयर
  • मिथिला लघुवित्तको खुद नाफा र आम्दानी...

मिथिला लघुवित्तको खुद नाफा र आम्दानी दुवै बढ्यो, प्रतिसेयर आम्दानी कति ?

मिथिला लघुवित्तको खुद नाफा र आम्दानी दुवै बढ्यो, प्रतिसेयर आम्दानी कति ?

images
images
शुक्रवार, कार्तिक २३ २०८१
शुक्रवार, कार्तिक २३ २०८१
  •  काठमाडौं । मिथिला लघुवित्तले चालु आर्थिक वर्षको प्रथम त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार लघुवित्तको खुद नाफा र आम्दानी दुवै बढेको छ । 

    images
    images

    खुद नाफा

    चालु आर्थिक वर्षको पहिलो त्रैमाससमा मिथिला लघुवित्तले १ करोड १ लाख रुपैयाँ खुद नाफा कामएको छ । यो नाफा गत वर्षको भन्दा ३५.८० प्रतिशतले धेरै हो । गत वर्षको यसैअवधिमा कम्पनीले ७४ लाख ४४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

    images
    images

    खुद ब्याज आम्दानी र सञ्चालन नाफा

    एक वर्षको अवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेसँगै खुद नाफामा पनि वृद्धि भएको हो । कम्पनीको खुद ब्याज आम्दानी ४२.४६ प्रतिशतले बढेर ३ करोड ९३ लाख रुपैयाँ पुगेको छ । गत वर्षको यसैअवधिमा मिथिलाले २ करोड ७६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यसको सञ्चालन नाफा ७२.०२ प्रतिशतले बढेर १ करोड ८ लाखरुपैयाँ पुगेको छ । 

    खराब कर्जा

    यसको खराब कर्जा भने बढेर ४.६९ प्रतिशतबाट बढेर ५.१८ प्रतिशत पुगेको छ ।

    चुक्ता पुँजी/जगेडा कोष

    हाल मिथिला लघुवित्तको चुक्ता पुँजी १९ करोड ६० लाख २ हजार रुपैयाँ र जगेडा कोषमा १५ करोड २८ लाख रुपैयाँ छ ।

    प्रतिसेयर आम्दानी/प्रतिसेयर नेटवर्थ

    कम्पनीको प्रतिसेयर आम्दानी २० रुपैयाँ ६३ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १७८ रुपैयाँ छ । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend