काठमाडौँ । कम्पनीहरुले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेसँगै अब लाभांष घोषणाको सिजन सुरु भएको छ । वित्तीय विवरण सार्वजनिक भएसँगै अब कम्पनीहरुले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीहरुलाई लभांश घोषणा क्रम सुरु भएको हो । केही विकास बैंकले आफ्ना सेयरधनीका लागि लाभांष घोषणा गरेका छन् भने अहिले म्युचुअल फण्डहरुले धमाधम लाभांश घोषणा गरिरहेका छन् । बिहीबारसम्म १५ वटा म्युचुअल फण्डले आफ्नो इकाइधनीका लागि दिने प्रतिफल घोषणा गरेका छन् । म्युचुअल फन्डले नगद लाभांश प्रदान गर्दछन् ।बन्दमुखी र खुलामुखी गरी २ किसिमका म्युचुअल फन्ड सञ्चालनमा रहेका छन् । खुलामुखी योजनाको लाभांशबाट पुनः इकाइ खरिद गर्न पनि सकिनेछ भने बन्दमुखी योजनाको लाभांश बुक क्लोज पछि बैंक खातामा प्राप्त हुन्छ । यो वर्ष कतिपय म्युचुअल फन्ड लाभांश दिन नसक्ने अवस्थामा देखिएको छ । लाभांश वितरण गरेकामध्ये धेरैले एकल दरमा लाभांश घोषणा गरेका छन् ।
चुअल फन्डले संकलित आफ्नो रकमको अधिकांश हिस्सा धितोपत्र बजारमा लगानी तथा कारोबार गरी आएको नाफाबाट वितरण गर्दछन् । धितोपत्र बजारले राम्रो प्रदर्शन गर्दा यस्ता योजनाको लाभांश पनि राम्रो हुन्छ । तर, पछिल्लो समय सेयर बजार संकुचनको अवस्थामा रहेकाले त्यसको असर लाभांश दरमा परेको छ । म्युचुअल फण्डको लाभांश दर पनि विगतभन्दा खस्किएको छ । सिद्धार्थ इक्विटी फन्ड तथा सिद्धार्थ इक्विटी फन्ड २ ले यो वर्ष आफ्ना इकाइधनीहरुलाई कुनै पनि लाभांश नदिने भएका छन् । हालसम्म लाभांश घोषणा गरेका म्युचुअल फन्डमा सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम २, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम ३, एनएमबी ५०, एनएमबी सुलभ इन्भेस्टमेन्ट फन्ड २, एनएमबी हाइब्रिड फन्ड एल २, एनएमबी सरल बचत फन्ड ई, रिलायबल समृद्धि योजना, कुमारी इक्विटी फन्ड, कुमारी धनवृद्धि योजना, कुमारी सबल योजना, कुमारी सुनौलो लगानी योजना, एमबीएल इक्वीटी फन्ड, सिद्धार्थ व्यवस्थित लगानी योजना रहेका छन् ।
लाभांश घोषणा गरेका म्युचुअल फण्ड अन्तर्गत एनएमबी ५० ले ३.१५ प्रतिशत प्रतिफल घोषणा गरेको छ । त्यस्तै एनएमबी सुलभ इन्भेस्टमेन्ट फन्ड २ ले १० प्रतिशत, एनएमबी हाइब्रिड फन्ड एल २ ले ४.५ प्रतिशत, एनएमबी सरल बचत फन्ड ई (खुलामुखी) ले ५.२५ प्रतिशत र रिलायबल समृद्धि योजनाले ८.४२१ प्रतिशत लाभांश घोषणा गरेका छन् । त्यस्तै कुमारी इक्विटी फन्डले १० प्रतिशत, कुमारी धनवृद्धि योजनाले १० प्रतिशत, कुमारी सबल योजनाले २.९० प्रतिशत, कुमारी सुनौलो लगानी योजना (खुलामुखी) ले ४.७० प्रतिशत, एमबीएल इक्वीटी फन्डले ८ प्रतिशत र सिद्धार्थ व्यवस्थित लगानी योजना (खुलामुखी) ले ३ प्रतिशत लाभांश घोषणा गरेका छन् ।





.gif)





