images

२०८३ आश्विन २६ गते

images
images
images
  • बजार
  • वर्षकै सर्वाधिक ठूलो सेल दराज ११.११...

वर्षकै सर्वाधिक ठूलो सेल दराज ११.११ को आयोजना हुँदै, के के छन् सुविधा ?

वर्षकै सर्वाधिक ठूलो सेल दराज ११.११ को आयोजना हुँदै, के के छन् सुविधा ?

images
images
बिहिवार, कार्तिक २२ २०८१
बिहिवार, कार्तिक २२ २०८१
  • काठमाडौं । नेपालको ई–कमर्स प्लेटफर्म, दराजले आफ्नो बहुप्रतिक्षित सेल दराज ११.११को आयोजना गर्दैछ । नेपालमा वर्षकै ठूलो सेलका रुपमा परिचित दराज ११.११ यस वर्ष, नोभेम्बर ११ देखि २१ सम्म आयोजना हुने भएको छ ।

    images
    images

    बहुप्रतिक्षित यस सेलमा थप आकर्षण थप्न यस वर्ष फ्ल्याश सेलमार्फत ८० प्रतिशतसम्म छुट, देशभर निःशुल्क डेलिभरी सुविधा र ३ करोड रुपैयाँ सम्मका भौचरहरुका साथै अविश्वसनिय छुट लगायत सुविधाहरु समेत उपलब्ध हुने कम्पनीले जनाएको छ ।

    ‘ग्राहकहरुको वर्षभरीको प्रतीक्षालाई सार्थक पार्ने सोचका साथ यस वर्षको दराज ११.११ सेलमार्फत हामीले हाम्रा ग्राहकहरुलाई अद्वितीय किनमेल अनुभव प्रदान गर्ने लक्ष्य लिएका छौँ’, प्रबन्ध निर्देशक, दराज नेपाल, आँचल कुँवरले बताइन्, ‘यस सेलले ग्राहकहरुका लागि अप्रत्याशित छुटहरु उपलब्ध गराउनुका साथै हजारौं स्थानीय विक्रेताहरुलाई आफ्ना पृथक उत्पादनहरु प्रदर्शित गर्ने मौका प्रदान गर्नेछ । साथै, हाम्रो बृहत्त सञ्जाल मार्फत देशभरका उपभोक्ताहरु माझ तिनका पृथक उत्पादनहरु उपलब्ध गराउन तथा उपभोक्ताहरुलाई स्थानीय ब्राण्डहरुको उत्कृष्ट सामानहरू खोज्न सघाउने हाम्रो विश्वास छ ।’

    images
    images

    विविध सामग्रीहरुका विस्तृत श्रृंखला र ब्राण्डेड उत्पादनहरु मध्य विशाल छनौटको अवसरसँगै, दराज ११.११ किनमेलको लागि एक अतुलनिय गन्तव्य हो ।यस वर्षको दराज ११.११ सेलका लागि दराज नेपालले सात ओटा डाइमन्ड ब्राण्ड पार्टनरहरु राखेको छ, जसमा सेटाफिल, रोहोतो मेन्थोलाटम, मसलब्लेज, जुभारा, बोट, एडिडास, र बाल्ट्रा समावेश छन् ।प्लेटिनम पार्टनरहरुमा टेक्नो, परफेट्टी, ग्रीनलाइफ एक्स्पिरियन्स, एंकर्स, डा. शेत, र एवीबी रहेका छन्। साथै, गोल्ड ब्राण्ड पार्टनरहरुमा भ्यान्स, मुनस्टार, अस्तावुल्फ, ईप्लाजा, मामाअर्थ, पिलग्रिम, र जेब्रोनिक्स रहेका छन्।

    यसैगरी, दराजले १० ओटा बैंक र २ ओटा वालेट पार्टनरहरुसँग मिलेर ११.११ सेलमा प्रिपेमेन्ट मार्फत रु. २५०० सम्मको छुटहरु प्रदान गर्ने व्यवस्था पनि गरेको छ । यी बैंकका डेबिट कार्डहरु मार्फत डिजिटल प्रिपेमेन्ट गर्दा ग्राहकहरुले १५ प्रतिशत छुट, अधिकतम रु. २००० सम्म, प्राप्त गर्न सक्ने दराजले जानकारी दिएको छ । साथै, क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरुले २० प्रतिशत छुट, अधिकतम रु २५०० सम्म प्राप्त गर्न सक्ने ब्यवस्था गरिएको छ ।ग्राहकहरु नबिल बैंक, हिमालयन बैंक, सनिमा बैंक, एभरेस्ट बैंक, एनएमबी बैंक, माछापुच्छ्रे बैंक, सिटिजन्स बैंक, नेपाल बैंक, ज्योति विकास बैंक, र महालक्ष्मी विकास बैंक मार्फत उपर्युल्लिखित छुट पाउन सक्नेछन् ।त्यस्तै, आफ्नो ई–सेवा र आईएमई पे वालेट मार्फत प्रिपेमेन्ट गर्ने ग्राहकहरुले पनि दराज ११.११ को विभिन्न समयमा छुट प्राप्त गर्न सक्नेछन् ।यी रोमाञ्चक अफरहरुका साथै, यस अभियान मार्फत दैनिक रुपमा रु. ११, रु. १११ र ११११ रुपैयाँका डिलहरु पनि सेलमा रहनेछन् । खरिदकर्ताहरुले रु. ६९९, रु. ९९९, रु. १९९९ र २९९९ रुपैयाँभन्दा कममा उत्कृष्ट डिल्स पाउन सक्नेछन् । साथै, दराज ११.११ सेल अवधिभर कम्तिमा ३५०० रुपैयाँको सामग्री खरिद गर्ने एक भाग्यशाली खरिदकर्ताले प्यानासोनिकको ३५०००० रुपैयाँ मूल्य बराबरको घरायसी सामग्रीको सेट जित्न सक्नेछन् । थप पाँच जना ग्राहकहरुले कामाख्या डेकोर, बागमती प्लास्टिक्स, सेटाफिल, मामाअर्थ, र जिना अल्केमीका तर्फबाट आकर्षक गिफ्ट ह्याम्परहरु पनि जित्न सक्नेछन् ।

    दराज नेपालको ११.११ अभियान सम्बन्धी थप जानकारीको लागि यहाँ क्लिक गर्न सक्नुहुन्छ ।

    दराज समूहका बारेमा

    २०१५ मा स्थापित, दराज दक्षिण एशियाकै अग्रणी ई–कमर्स प्लेटफर्म हो । दराजले पाकिस्तान, बंगलादेश, श्रीलङ्का, नेपाल र म्यानमारमा आफ्नो सेवा प्रदान गर्दै आइरहेको छ । यसले विक्रेता र उपभोक्ताहरुलाई अत्याधुनिक मार्केटप्लेस टेक्नोलोजी प्रदान गर्दछ । कम्पनीको मूल उद्देश्य, ५० करोड मानिसको द्रुत गतिमा बढिरहेको क्षेत्रमा सेवा पुर्याउनु हो ।ई–कमर्स, लजिस्टिक्स, भुक्तानी, र वित्तीय सेवाहरुको एकीकृत पूर्वाधार निर्माण गरेर, कम्पनीले एक अद्वितीय, व्यक्तिगत किनमेल अनुभव प्रदान गर्न र दक्षिण एशियाका समुदायहरुलाई व्यापारको शक्तिको माध्यमबाट उत्थान गर्ने लक्ष्य लिएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend