काठमाडौँ ।नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य २ हजार १०० रुपैयाँ र चाँदीको मूल्य २५ रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको २ लाख ९४ हजार ४०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुन तोलाको २ लाख ९६ हजार ५०० रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य तोलाको ४ हजार ४१५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी तोलाको ४ हजार ४४० रुपैयाँ रहेको थियो ।




.gif)



