images

२०८३ आश्विन २६ गते

images
images
images
  • समाचार
  • देशभर तीन दिन मौसम सफा रहने...

देशभर तीन दिन मौसम सफा रहने पूर्वानुमान, भारी वर्षाको सम्भावना छैन

देशभर तीन दिन मौसम सफा रहने पूर्वानुमान, भारी वर्षाको सम्भावना छैन

images
images
सोमवार, आश्विन २६ २०८३
सोमवार, आश्विन २६ २०८३
  • काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म देशभरको मौसम सामान्यतया सफा रहने र भारी वर्षाको कुनै सम्भावना नरहेको पूर्वानुमान गरेको छ। विभागका मौसमविद् डेभिड ढकालले सोमबारको मौसम विवरण सार्वजनिक गर्दै देशभर वर्षाको कुनै चेतावनी नरहेको जानकारी दिएका हुन् । हाल सुदूरपश्चिम र कर्णाली प्रदेशका केही भूभागमा साधारणतया बादल लागेको छ। हुम्ला जिल्लाको हिल्सा आसपासका क्षेत्रमा हल्का वर्षा भइरहेको छ। देशका अन्य अधिकांश भूभागमा भने घाम लागेको छ।

    images
    images

    पछिल्लो चौबीस घण्टाको मौसम अवस्था हेर्दा सिन्धुपाल्चोक, प्युठान र रोल्पा आसपासका एक–दुई स्थानमा मात्र मध्यम वर्षा मापन भएको छ। यसबाहेक कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा भएको छ। तराईका कुनै पनि भूभागमा भने वर्षा नभएको मौसमविद् ढकालले स्पष्ट पारेको छ।आज दिउँसो देशका हिमाली र पहाडी भूभागमध्ये १० प्रतिशत स्थानमा मात्र हल्का वर्षा हुने सम्भावना छ। बाँकी ९० प्रतिशत पहाडी भूभाग र तराईका सबै क्षेत्रमा वर्षा नहुने पूर्वानुमान गरिएको छ। आज राति पनि पानी पर्ने सम्भावना छैन। भोलि र पर्सिको मौसम पनि आजको जस्तै रहनेछ। आगामी दुई दिन पनि हिमाली र पहाडी भूभागका १० प्रतिशत क्षेत्रमा मात्र हल्का पानी पर्नेछ। लगातार झरी पर्ने वा ठुलो वर्षा हुने सम्भावना नरहेको विभागले जनाएको छ।

    वर्षाको खासै सम्भावना नरहेकाले विभागले मौसम चेतावनीको स्तरलाई हरियो रङमा राखेको छ। मौसमविद् ढकालले यसलाई प्रस्ट पार्दै भने, ‘वर्षाको सम्भावना नभएकाले हरियो रङको चेतावनी दिइएको हो, यसको अर्थ कुनै चेतावनी छैन ।’ सुदूरपश्चिम र कर्णालीमा थोरै बादल लागे पनि देशभर घाम लाग्ने अवस्था रहेको हुनाले आत्तिनुपर्ने अवस्था छैन। आधिकारिक र नियमित जानकारी लिन विभागको वेबसाइट तथा सामाजिक सञ्जाल हेर्न मौसमविद्ले सुझाव दिएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend