काठमाडौँ ।संसदीय सुनुवाइ समितिले साउदीका लागि प्रस्तावित राजदूत गिरिबहादुर सुनारसँग सम्बन्धित उजुरीका दुई विषयमा कागजात मगाउने निर्णय छ । समितिले सुनारमाथि परेका उजुरीका तथ्य केलाउने क्रममा थप कागजात अध्ययन गर्नुपर्ने भन्दै उक्त निर्णय गरेको हो ।
सुनारको नैतिक चरित्रमा प्रश्न उठेका कारण उनी जर्मनी गएका बेलामा जर्मनीले नेपाल नै फर्काइदिएको भन्दै उजुरी परेको थियो । उक्त उजुरीको सम्बन्धमा यथार्थे के हो भन्नेबारे परराष्ट्र मन्त्रालयलाई विवरण माग्ने निर्णय गरेको हो । त्यस्तै विवाहेत्तर सम्बन्धको विषयमा परेको उजुरीबारे ललितपुर प्रहरी कार्यालयलाई आवश्यक कागजात पठाइदिन भनेको हो । उनको विवाहेत्तर सम्बन्ध रहेको र त्यसलाई ललितपुर प्रहरीमा मिलापत्र गरिएको भन्ने उजुरी आएको थियो । त्यही उजुरीसम्बन्धमा के गर्ने भन्नेबारे निर्णय गर्नुअघि समितिले प्रहरीसँग मिलापत्रको कागजात झिकाउने निर्णय गरेको हो । समितिले आज राजदूतहरूका उजुरीकर्ताहरूमाथि छलफल गरेर सुनुवाइ थाल्दैछ ।




.gif)



