images

२०८३ आश्विन २७ गते

images
images
images
  • समाचार
  • सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशविरुद्ध...

सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिले माग्यो उजुरी

सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिले माग्यो उजुरी

images
images
सोमवार, आश्विन २६ २०८३
सोमवार, आश्विन २६ २०८३
  • काठमाडौँ । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित चार जनाविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको छ । सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले सर्वोच्च अदालतका न्यायाधीशको पदमा न्यायपरिषद्‌बाट सिफारिस चार जना विरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको हो ।सुनुवाइको कार्यविधि अनुसार १० दिनको सूचना जारी गर्ने निर्णय गरेको र सार्वजनिक माध्यमबाट आगामी कार्तिक ९ गते सूचना सार्वजनिक गर्न समिति सचिवालयलाई निर्देशन दिइएको समिति सभापति बोध नारायण श्रेष्ठले जानकारी दिए ।

    images
    images

    केही दिनअघि बसेको न्यायपरिषद् बैठकले उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा.रत्नबहादुर बागचन्द र उच्च अदालतका अन्य न्यायाधीशहरू चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend