images

२०८३ आश्विन २६ गते

images
images
images

१५ दिनपछि बागलुङमा सिधा यातायात सञ्चालन

१५ दिनपछि बागलुङमा सिधा यातायात सञ्चालन

images
images
सोमवार, आश्विन २६ २०८३
सोमवार, आश्विन २६ २०८३
  • बागलुङ । पन्ध्र दिनपछि बागलुङ जिल्ला सिधा यातायातको पहुँचमा जोडिएको छ । यही असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुलको पहुँचमार्ग बगाएर अवरुद्ध बनेको सडक १५ दिनपछि सञ्चालनमा आएको छ ।करिब ३५ मिटर पहुँचमार्गको रातदिन गरी सडक डिभिजन कार्यालयले ग्याबिन, जियो ब्याग र जियो ग्रिड प्रविधिको प्रयोग गरी पहुँचमार्ग पुनर्निर्माण सम्पन्न गरेपछि आज बिहानदेखि सवारीसाधन वारपार गर्न थालेका इन्जिनियर अमर अधिकारीले जानकारी दिए । 

    images
    images

    मध्पहाडीलोकमार्ग र कालीगण्डकी करिडोरको सङ्गमस्थलको रूपमा रहेको मालढुङ्गा पुलले बागलुङसहित पूर्वी रूकुमलगायत जिल्लालाई जोडेको छ । दसैँको समयमा सडक बन्द हुँदा बागलुङका नागरिकले सास्ती भोग्नु परेको थियो । पुल सञ्चानमा आएसँगै बागलुङको पर्यटन र व्यापार फस्ठाउने अपेक्षा गरिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend