images

२०८३ आश्विन २६ गते

images
images
images
  • समाचार
  • ‘आचार्य’लाई पछि पार्दै बक्स अफिसमा ‘बा...

‘आचार्य’लाई पछि पार्दै बक्स अफिसमा ‘बा : एक योद्धा’, ले कमायो ३ करोड बढी

‘आचार्य’लाई पछि पार्दै बक्स अफिसमा ‘बा : एक योद्धा’, ले कमायो ३ करोड बढी

images
images
सोमवार, आश्विन २६ २०८३
सोमवार, आश्विन २६ २०८३
  • काठमाडौँ । अभिनेता निखिल उप्रेतीको एक्सन फिल्म ‘आचार्य’ ले अभिनेता दिव्यदेवको फिल्म ‘बा : एक योद्धा’ को भन्दा कमजोर व्यवसाय गरेको छ । चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको बक्स अफिस रिपोर्टमा फिल्म ‘आचार्य’ भन्दा ‘बा : एक योद्धा’ अगाडि देखिएको हो ।यी दुवै फिल्म गत ९ गते शुक्रबार प्रदर्शनमा आएका थिए । बोर्डले आइतबार राति ११ः ५९ सम्मको व्यवसायलाई लिएर सार्वजनिक गरेको रिपोर्टमा ‘बा : एक योद्धा’ को व्यवसाय ३ करोड ५ लाख २२ हजार ५ सय २ रुपैयाँ देखिन्छ ।

    images
    images

    यो अवधिमा फिल्मको टिकट १ लाख ७ हजार ५ सय ३३ वटा बिकेको छ । त्यस्तै ‘आचार्य’ ले १ करोड ६२ लाख २७ हजार ९ सय ४६ रुपैयाँ मात्र कमाएको छ । यो अवधिमा फिल्मको टिकट ५६ हजार १९९ बिकेको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend