बुटवल । बुटवल उद्योग वाणिज्य सङ्घ, रुपन्देहीको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । सङ्घको २६औँ अधिवेशनअन्तर्गत नरिश्वर शर्मा पौडेल र टङ्कप्रसाद गैरे नेतृत्वका दुई समूह प्रतिस्पर्धामा उत्रिएका छन् । मतदान साँझ ५ बजेसम्म चल्नेछ।करिब १८ मतदाता रहेका छन् । पौडेल नेतृत्वको समूहबाट वरिष्ठ उपाध्यक्षमा सुरज भट्टराई, उद्योग उपाध्यक्षमा निर्मित कसजू, वाणिज्य उपाध्यक्षमा बाबुराम विश्वकर्मा र महासचिवमा वसन्तप्रसाद ढकाल उम्मेदवार बनेका छन्।
त्यस्तै, गैरे नेतृत्वको समूहबाट वरिष्ठ उपाध्यक्षमा विमलराज भट्टराई, उद्योग उपाध्यक्षमा दिनेश श्रेष्ठ, वाणिज्य उपाध्यक्षमा मुक्तिप्रसाद अधिकारी र महासचिवमा जमुना पौडेल प्रतिस्पर्धामा छन्।कोषाध्यक्षमा प्रतीक पोखरेल र टीकाराम बन्जाडे, सचिवमा दीपकप्रसाद चापागाईं र काशीराम शर्मा पौडेल तथा सह कोषाध्यक्षमा कमला पोखरेल पराजुली र जाकिर हुसेनबिच प्रतिस्पर्धा हुँदैछ।त्यस्तै, सदस्यहरू पनि दुई प्यानल बनाएर मैदानमा गएका छन्।




.gif)



