images

२०८३ आश्विन २६ गते

images
images
images
  • समाचार
  • कालीगण्डकीको बाढीले क्षतिग्रस्त मालढुङ्गा पुलमा यातायात...

कालीगण्डकीको बाढीले क्षतिग्रस्त मालढुङ्गा पुलमा यातायात पुनः सञ्चालनमा

कालीगण्डकीको बाढीले क्षतिग्रस्त मालढुङ्गा पुलमा यातायात पुनः सञ्चालनमा

images
images
सोमवार, आश्विन २६ २०८३
सोमवार, आश्विन २६ २०८३
  • काठमाडौँ । कालीगण्डकी नदीमा आएको बाढीका कारण अवरुद्ध बनेको बागलुङ र पर्वत जिल्ला जोड्ने मालढुङ्गा पुलमा आजदेखि यातायात पुनः सञ्चालनमा आएको छ। बाढीले क्षतिग्रस्त बनाएको पुलको एप्रोच सडक मर्मत गरिएसँगै सवारीसाधनको आवागमन सुचारु भएको हो।पूर्वाधार विकास मन्त्रालयका अनुसार, बाढीले पुलतर्फ जाने करिब ३० मिटर एप्रोच सडकमा गम्भीर क्षति पुर्‍याएको थियो। सोही क्षतिग्रस्त खण्डमा तत्कालका लागि अस्थायी संरचना निर्माण गरी यातायात सञ्चालनमा ल्याइएको मन्त्रालयले जनाएको छ।

    images
    images

    सडक तथा पुललाई छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन सुरक्षा निकाय र स्थानीय बासिन्दाले सक्रिय भूमिका निर्वाह गरेका थिए। मर्मत कार्यमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका जवानहरूका साथै करिब ५० जना स्थानीय जनशक्ति परिचालन गरिएको थियो।सुरक्षाकर्मी र स्थानीयको संयुक्त प्रयासपछि छोटो समयमै अस्थायी संरचना तयार गरी सवारी आवागमन सहज बनाइएको हो। यातायात सञ्चालनमा आएसँगै बागलुङ, पर्वत लगायतका क्षेत्रमा यात्रा गर्ने यात्रु तथा मालवाहक सवारीसाधनलाई ठुलो राहत मिलेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend