images

२०८३ आश्विन २६ गते

images
images
images
  • समाचार
  • बुढानीलकण्ठबाट बरामद साढे २१ किलो सुन...

बुढानीलकण्ठबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयलाई हस्तान्तरण

बुढानीलकण्ठबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयलाई हस्तान्तरण

images
images
सोमवार, आश्विन २६ २०८३
सोमवार, आश्विन २६ २०८३
  • काठमाडौँ । प्रहरीले बुढानीलकण्ठ नगरपालिका–२ स्थित माथिल्लो भंगालबाट बरामद गरेको २१ केजी ७५० ग्राम सुन त्रिभुवन विमानस्थल भन्सार कार्यालयलाई बुझाएको छ । म्याद लिएर अनुसन्धान गर्न भन्सार कार्यालयलाई सुन हस्तान्तरण गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले बताए ।

    images
    images

     पक्राउ परेका ३ जना चिनियाँहरूमाथि भन्सार कार्यालयले म्याद लिएर अनुसन्धान सुरु गरेको छ । सुन कहाँबाट आयो र कहाँ जाँदैथियो भन्नेबारे प्रहरीले पनि अनुसन्धान गरिरहेको छ ।सुनको ‘नेक्सस’ बारे आफ्नो टिमले पनि अनुसन्धान गरिरहेको एसएसपी खड्काले बताए । उनले भने– ‘कहाँबाट आयो र कहाँ जाँदै थियो भन्नेबारे हामीले पनि हेरिरहेका छौँ ।’प्रहरीले असोज २२ मा बिहान सुन बरामद गरेको थियो । सुन सहित चिनियाँ नागरिकहरू २७ वर्षीय हान फेइ, चाउ लोङछिन र ३७ वर्षका वाङ जियानझेनलाई पक्राउ गरेको थियो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend