काठमाडौं। बडादसैँ नजिकिएसँगै नेपाल एलपी ग्यास उद्योग संघले ग्यास सिलिन्डर साट्ने केन्द्रको संख्या बढाएर ११ पुर्याएको छ । संघले आजदेखि काठमाडौं र ललितपुरका थप पाँच स्थानमा सिलिन्डर साट्न सकिने व्यवस्था मिलाएको हो ।यसअघि ६ वटा केन्द्रबाट सिलिन्डर साट्न सकिने व्यवस्था रहेकामा अब काठमाडौंको बुढानीलकण्ठ, कलंकी, खसीबजार र सतुंगल तथा ललितपुरको हरिसिद्धिमा समेत यो सुविधा उपलब्ध हुने भएको छ ।
संघका अनुसार बुढानीलकण्ठको चपलीमा भानु ग्यास, हरिसिद्धिमा नेपाल र एचपी ग्यास, कलंकीमा गीता ग्यास, खसीबजारस्थित नरके ट्रेडर्समा सीताश्री ग्यास र सतुंगलमा श्रीमाया ग्यासको सिलिन्डर साट्न सकिनेछ ।उपभोक्ताले बिहान ११ बजेदेखि दिउँसो ४ः३० बजेसम्म सिलिन्डर साट्न सक्नेछन् । संघका अनुसार यो सुविधा असोज ३० गतेसम्म उपलब्ध हुनेछ ।




.gif)



