काठमाडौँ । मिथिला लघुवित्त वित्तीय संस्थाका सञ्चालक बिनोद कुमार साहको राजीनामा स्वीकृत भएको छ । कम्पनीको असोज २३ गते बसेको सञ्चाल समितिको बैठकले उनको राजीनामा स्वीकृत गरेको हो ।
सर्वसाधारण सेयरधनी समूह बाट प्रतिनिधित्व गर्ने संचालक साहले निजि तथा स्वास्थ्य समस्याको कारण देखाई राजीनामा दिएका थिए । उनको उक्त राजीनामा स्वीकृत भएको कम्पनीले जनाएको छ ।




.gif)



