images

२०८३ आश्विन १६ गते

images
images
images
  • शेयर
  • नेप्सेमा लगातार गिरावट, कारोबार रकम पनि...

नेप्सेमा लगातार गिरावट, कारोबार रकम पनि घट्यो

नेप्सेमा लगातार गिरावट, कारोबार रकम पनि घट्यो

images
images
मंगलवार, भाद्र २ २०८३
मंगलवार, भाद्र २ २०८३
  • काठमाडौं, २ भदौ । साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट आएको छ। पछिल्ला दुई कारोबार दिनदेखि घट्दै आएको नेप्सेले मंगलबार पनि सोही क्रमलाई निरन्तरता दिएको हो। यससँगै बजारमा कारोबार रकमसमेत अघिल्लो दिनको तुलनामा घटेको छ।

    images
    images

    मंगलबार नेप्से परिसूचक १९.३४ अंकले घटेर २ हजार ६२२.४८ विन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इन्डेक्स २.५५ अंक, फ्लोट इन्डेक्स १.३० अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.८८ अंकले घटेका छन्।

    नेप्सेसँगै कारोबार रकममा पनि कमी आएको छ। अघिल्लो कारोबार दिन सोमबार ५ अर्ब ५२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएकोमा मंगलबार ५ अर्ब ७ करोड ३५ लाख १८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

    images
    images

    यस दिन ३४७ स्टकको ५५ हजार २४६ पटक कारोबार हुँदा १ करोड ५१ लाख ९६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

    सर्वोत्तम पेन्ट्स र माउन्ट एभरेष्ट पावरमा सकारात्मक सर्किट

    बजार घटे पनि मंगलबार सर्वोत्तम पेन्ट्स र माउन्ट एभरेष्ट पावर डेभलपमेन्टको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएका छन्।

    सर्वोत्तम पेन्ट्सको शेयरमूल्य ६८ रुपैयाँ ४० पैसा बढेर ५२४ रुपैयाँ ६० पैसा पुगेको छ। त्यस्तै, माउन्ट एभरेष्ट पावर डेभलपमेन्टको शेयरमूल्य ७८ रुपैयाँ ६० पैसा बढेर ६०३ रुपैयाँ २० पैसा पुगेको छ।

    यता, कारोबारमा आएको सगरमाथा जलविद्युत कम्पनीको शेयरमूल्य सर्वाधिक १०.६३ प्रतिशत घटेको छ।

    एग्रिकल्चरल बण्डको कारोबार उच्च

    कारोबार रकमका आधारमा मंगलबार एग्रिकल्चरल बण्ड (९ वर्ष) शीर्ष स्थानमा रहेको छ। उक्त बण्डको ५० करोड ६८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

    त्यस्तै, सोलु हाइड्रोपावरको ३९ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ भने खानी खोला हाइड्रोपावर कम्पनीको कारोबार रकम २५ करोड रुपैयाँ नाघेको छ।

    १३ मध्ये १२ उपसमूह घटे

    मंगलबार कारोबारमा आएका १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक घटेको छ भने एउटा उपसमूह मात्र बढेको छ।

    उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.४० प्रतिशतले घटेको छ। व्यापार उपसमूह भने सामान्य अंकले बढेको छ।

    समग्रमा बजारमा बिक्री चाप बढ्दा नेप्से परिसूचकसँगै कारोबार रकमसमेत घटेको देखिएको छ। पछिल्ला लगातार तीन कारोबार दिनको गिरावटले लगानीकर्ताको मनोविज्ञानमा समेत प्रभाव पार्न सक्ने देखिए पनि केही कम्पनीमा सकारात्मक सर्किट कायम रहनुले बजारमा क्षेत्रगत रूपमा खरिद चाप भने कायमै रहेको संकेत गरेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend