images

२०८३ आश्विन १६ गते

images
images
images
  • विश्व
  • साउदी अरेबिया, टर्की र पाकिस्तानबीच संयुक्त...

साउदी अरेबिया, टर्की र पाकिस्तानबीच संयुक्त रक्षा सम्झौता हुँदै

साउदी अरेबिया, टर्की र पाकिस्तानबीच संयुक्त रक्षा सम्झौता हुँदै

images
images
शुक्रवार, श्रावण २२ २०८३
शुक्रवार, श्रावण २२ २०८३
  • काठमाडौं । साउदी अरेबिया, टर्की र पाकिस्तानले संयुक्त रक्षा सम्झौतामा हस्ताक्षर गर्ने भएका छन्। क्षेत्रीय घटनाक्रमबारे प्रत्यक्ष जानकारी भएका स्रोतहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले यस्तो जनाएको हो । अमेरिका र इजरायलको आक्रमणपछि इरानले खाडी क्षेत्रका मुलुकहरूलाई निशाना बनाइरहेका बेला यो सम्झौताले प्रमुख सुन्नी मुस्लिम शक्तिराष्ट्रबीचको सुरक्षा सहकार्यलाई थप मजबुत बनाउने विश्लेषण गरिएको छ। सम्झौतामा हस्ताक्षरका लागि टर्कीका राष्ट्रपति रेचेप तैयप एर्दोगान, पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ तथा सेनाप्रमुख असिम मुनिर साउदी अरबको जेद्दाहमा पुगेका छन्। उनीहरूले साउदी युवराज मोहम्मद बिन सलमानसँग संयुक्त भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

    images
    images

    रोयटर्सका अनुसार करिब एक वर्षदेखि जारी वार्तापछि यो सम्झौता अन्तिम चरणमा पुगेको हो। यसअघि जनवरीमा पनि तीन देशबीच क्षेत्रीय सुरक्षा सहकार्यसम्बन्धी वार्ता भइरहेको समाचार सार्वजनिक भएको थियो । टर्की नाटो सदस्य राष्ट्र हो भने साउदी अरेबिया अमेरिकाको प्रमुख साझेदार तथा विश्वकै ठूलो तेल निर्यातकर्ता मुलुकमध्ये एक हो । पाकिस्तान मुस्लिम राष्ट्रहरूमध्ये परमाणु हतियार सम्पन्न एकमात्र देश हो ।

    इरानसँगको युद्ध र त्यसबाट सिर्जित सुरक्षा चुनौतीले खाडी क्षेत्रका मुलुकहरूको सुरक्षा संवेदनशीलता उजागर गरेको तथा होर्मुज जलडमरूमध्यमार्फत हुने तेल तथा अन्य अत्यावश्यक वस्तुको आपूर्तिमा असर परेको अवस्थामा यो सम्झौता हुन लागेको हो ।टर्कीका विदेशमन्त्री हाकान फिदानले जनवरीमै क्षेत्रीय स्थायित्व र सहकार्य प्रवर्द्धनका लागि व्यापक क्षेत्रीय सुरक्षा संयन्त्रको पक्षमा रहेको बताएका थिए।यसअघि साउदी अरेबिया र पाकिस्तानबीच रहेको सुरक्षा सम्झौताले एक देशमाथिको आक्रमणलाई दुवै देशमाथिको आक्रमणका रूपमा लिने व्यवस्था गरेको बताइएको थियो। नयाँ त्रिपक्षीय सम्झौताले सुरक्षा सहकार्यलाई थप संस्थागत र व्यापक बनाउने अपेक्षा गरिएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend