काठमाडौँ, २१ साउन । साताको अन्तिम कारोबार दिन बिहीबार प्रि–ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १.८५ अंकले घटेर २६६६.१२ विन्दुमा पुगेको छ।
यस अवधिमा ६० वटा कम्पनीका १ लाख ४ हजार ४२७ कित्ता सेयर ५ करोड ५५ लाख ५५ हजार ६७९ रुपैयाँ बराबरमा कारोबार भएको छ।
कारोबारमा सहभागी कम्पनीमध्ये २३ वटाको सेयर मूल्य बढेको, २९ वटाको घटेको तथा ३ वटाको मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ।




.gif)





