images

२०८३ आश्विन २५ गते

images
images
images
  • समाचार
  • दोस्रो सातामा ‘गौँथली’ ले कमायो साढे...

दोस्रो सातामा ‘गौँथली’ ले कमायो साढे १३ करोड

दोस्रो सातामा ‘गौँथली’ ले कमायो साढे १३ करोड

images
images
सोमवार, श्रावण १८ २०८३
सोमवार, श्रावण १८ २०८३
  • काठमाडौँ । चलचित्र विकास बोर्डले प्रदर्शनरत नेपाली फिल्मको बक्स अफिस रिपोर्ट सार्वजनिक गरेको छ । आइतबार राति दश बजेसम्मको व्यवसायलाई लिएर सोमबार सार्वजनिक बक्स अफिस रिपोर्टमा फिल्म ‘गौँथली’ ले दुई सातामा साढे १३ करोड बढी व्यवसाय गरेको छ ।पहिलो साता साढे ७ करोडको व्यवसाय गर्न सफल फिल्मले दोस्रो सातासम्म आउँदा १३ करोड ६४ लाख ४६ हजार ५३५ ग्रस कलेक्स गर्न सफल भएको छ । फिल्मलाई यस अवधिमा ४ लाख ९४ हजार ११५ जनाले हेरेका छन् ।

    images
    images

    साउन १ गतेबाट प्रदर्शनमा आएको फिल्मले तेस्रो सातामा पनि राम्रो व्यवसाय गरिरहेको छ । फिल्मले २० करोड बढीको व्यवसाय गर्ने अनुमान गरिएको छ । फिल्म गीतकार तथा स्त्रीरोग विशेषज्ञ डा.भोला रिजालका छोरा डा.कपिल रिजालले निर्देशन गरेका हुन् । योसँगै ‘गौँथली’ यस वर्षको सर्वाधिक कमाइ गर्ने पहिलो फिल्म बनेको छ ।  यसअघि पहिलो स्थानमा ‘जात्रा’ समूहको फिल्म ‘लालीबजार’ थियो । जसले ९ करोड ३२ लाख रुपैयाँ ग्रस व्यापार गरेको थियो ।सुरुमा करिब २ सय शो पाएको ‘गौँथली’ ले अहिले २५० भन्दा माथि शो पाइसकेको छ । अधिकांश शोमा दर्शकको चाप उच्च रहँदा व्यापारिक रिपोर्ट उत्साहप्रद रहेको छ । पहिलो दिन औसत देखिएको हलमा त्यसपछिका दिनमा अकुपेन्सी बढेर हाउसफूलसम्म हुँदै आएको छ ।लाकारसहितको टिम अहिले पनि हल हलमा पुगेर दर्शकको प्रतिक्रिया बुझिरहेको छ । काठमाडौँ उपत्यकासहित कलाकारहरू मोफसलका हल पुगेर दर्शकलाई भेटिरहेका छन् । दर्शकले मौलिका चलचित्र भन्दै तारिफ गरिरहेका छन् ।

    फिल्ममा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारको अभिनय छ ।डा.भोला रिजालको कथामा आधारित फिल्मको पटकथा तथा संवाद डा.कपिल रिजाल, निश्चल कुँवर, नीरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा तयार गरेका हुन् ।घर, परिवार, सम्बन्ध र आत्मीयताको भावलाई केन्द्रमा राखिएको फिल्मको वितरण रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडीले गरेका छन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend