पोखरा । गोरखाको बुढीगण्डकी नदीमा आएको बाढीका कारण आरुघाट गाउँपालिकासम्म दर्जनौँ भौतिक संरचनामा क्षति पुगेको छ भने केही व्यक्तिहरू हराएका छन् । आरुघाटबाट तल झरेपछि नदीको बहाव घटेको छ । भीमसेन थापा गाउँपालिका, सहिद लखन गाउँपालिका र गण्डकी गाउँपालिका क्षेत्रमा बहाव घटेको छ ।गण्डकी गाउँपालिका अध्यक्ष दीपक तिमिल्सिनाका अनुसार, अहिले नदीमा पानीको बहाव निकै कम भैसकेको छ । तीन पालिकामा हालसम्म भौतिक तथा मानवीय क्षतिको विवरण नरहेको अध्यक्षहरूले बताए ।
सम्भावित जोखिमलाई मध्यनजर गर्दै नदी किनारका बस्तीहरूलाई सुरक्षित रहन सतर्क गराइएको छ भने जनप्रतिनिधिहरू आ–आफ्नो क्षेत्रमा खटिएका छन् । ‘अहिले पानीको बहाव क्रमशः कमजोर हुँदै गएको छ र हालसम्म कुनै क्षति भएको स्थिति छैन,’ गण्डकीका अध्यक्ष तिमिल्सिनाले भने, ‘हामीले सबै वडाका नागरिकहरूलाई पूर्वसूचना गरिसकेका छौँ । वडा अध्यक्षहरू कार्यक्षेत्रमै खटिनुभएको छ र नदी किनारका बस्ती तथा नागरिकहरू पूर्ण रूपमा सुरक्षित छन् ।’




.gif)



