काठमाडौँ । काठमाडौंको महाराजगञ्जस्थित ‘मन्त्र थकाली’ रेस्टुरेन्टलाई २ लाख ५० हजार जरिवाना गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयुक्त टोलीले उक्त रेस्टुरेन्टलाई २ लाख ५० हजार रुपैयाँ जरिवाना गरेको हो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार शनिबार फोनमार्फत खानामा किरा परेको उजुरी आएपछि विभागको ¥यापिड रेस्पोन्स टिम (आरआरटी) ले तत्काल अनुगमन गरेको थियो । अनुगमनका क्रममा रेस्टुरेन्टको भान्सा कोठाको सरसफाइ सन्तोषजनक नपाइएको, पकाइएका खाद्य पदार्थ नछोपी राखिएको तथा फ्रिज र भान्सा कोठामा साङ्ला र भुसुनाजस्ता कीरा देखिएको विभागले जनाएको छ । भान्साको ड्रेनेजको सरसफाइ कमजोर रहेको, फ्रिजमा खाद्य वस्तु अव्यवस्थित रूपमा राखिएको र फोहोर डस्टबिन खुला छाडिएको पाइएको छ । अनुगमन टोलीले फ्राइड आलु पत्रिकामा राखेर भण्डारण गरेकोसमेत फेला पारेको थियो । भण्डारण गरिएको करिब एक किलो फ्राइड आलु नष्ट गरिएको विभागले जनाएको छ । संयुक्त अनुगमनका क्रममा गम्भीर कैफियत भेटिएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम २ लाख ५० हजार रुपैयाँ जरिवाना गरिएको हो ।
विभागले पकाइएका खाद्य पदार्थ राम्ररी छोपेर राख्न, कीरा नियन्त्रणको व्यवस्था प्रभावकारी बनाउन, भान्सा तथा फ्रिजको सरसफाइ र भण्डारण व्यवस्थित गर्न तथा खाद्य पदार्थ राख्न पत्रिकाजस्ता कागज प्रयोग नगर्न निर्देशन दिएको छ । अनुगमनका क्रममा देखिएका कैफियत सात दिनभित्र सुधार गरी त्यसको प्रमाणसहित विभागमा उपस्थित हुनसमेत निर्देशन दिइएको छ । तोकिएको निर्देशनअनुसार सु




.gif)





