images

२०८३ आश्विन २५ गते

images
images
images
  • समाचार
  • गलौँदीमा भासिएको पृथ्वी राजमार्ग आज साँझसम्म...

गलौँदीमा भासिएको पृथ्वी राजमार्ग आज साँझसम्म खुलाउने तयारी

गलौँदीमा भासिएको पृथ्वी राजमार्ग आज साँझसम्म खुलाउने तयारी

images
images
आइतवार, आश्विन २५ २०८३
आइतवार, आश्विन २५ २०८३
  • काठमाडौं ।सडक भासिएर अवरुद्ध भएको  पृथ्वी  राजमार्ग अन्तर्गत धादिङको गलौँदीमा राजमार्ग आइतबारबाट खुलाउने तयारी गरिएको छ । त्रिशूली नदीको कटानका कारण सडक चर्किएर भासिएपछि अवरुद्ध बनेको राजमार्ग खुलाउन ब्याक कटिङ, ग्रेड कटिङ तथा माटो हटाउने काम भइरहेको हो ।आइतबार साँझसम्म यातायात सञ्चालनमा ल्याउने लक्ष्यसहित काम अघि बढाइएको छ । नागढुङ्गा–नौबिसे–मुग्लिङ सडक आयोजना, पूर्वी खण्डका आयोजना प्रमुख गुरुप्रसाद अधिकारीकाअनुसार बाढीले सडकको तल्लो भाग कटान गरेपछि सडकको सतह दबिएको प्रारम्भिक अनुमान छ । (हिजो) शनिबारसम्म कुनै समस्या नदेखिएको सडक अहिले चर्किएपछि तत्काल यातायात सञ्चालन गर्न ब्याक कटिङको काम थालिएको उनले बताए ।

    images
    images

    अधिकारीकाअनुसार सडक करिब ८० मिटर चर्किएको छ । चर्किएको भागको दुवैतर्फ थप ४०–४० मिटर विस्तार गरी सडकको ग्रेड र मोड मिलाउनुपर्ने भएकाले करिब १६० मिटर लम्बाइमा काम भइरहेको छ । सडक खुलाउने काममा १० वटाभन्दा बढी मेसिन तथा उपकरण परिचालन गरिएको आयोजनाले जनाएको छ ।छवटा एक्स्काभेटरसहित लोडर र टिप्पर परिचालन गरी कटिङको काम भइरहेको छ । ठेकेदार, परामर्शदाता र आयोजना कार्यालयका प्राविधिक तथा अन्य कर्मचारी कार्यस्थलमा खटिएका छन् । स्थानीय तह, वडा कार्यालय, इलाका वन कार्यालय र जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर काम अघि बढाइएको अधिकारीले बताए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend