काठमाडौँ । गोरखास्थित बुढीगण्डकी नदीमा आएको बाढीका कारण प्रभावितहरूलाई सेनाले उद्धार गरिरहेको छ । आइतबार बिहान आएको बाढीका कारण प्रभावित भएका एमआई–१७ हेलिकप्टर र पैदलमार्गबाट उद्धार गरिएको सेनाले जनाएको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार हालसम्म ३६ जनाको उद्धार गरिएको छ ।बाढीको मुख्य प्रभावित क्षेत्र चुमनुब्री गाउँपालिकाबाट हेलिकप्टरमार्फत ४ जनाको उद्धार गरिएको छ । स्थलमार्गबाट खटिएको सैनिक टोलीले पहिरोको जोखिम रहेको जगत इलाकाबाट ६ जना, न्याक्फेदीबाट ९ जना तथा यारुबाट ९ जना र पायु भन्ने ठाउँबाट १२ जनाको उद्धार गरेको हो ।
यारुबाट १ जना शिशु र १ जना विदेशीको उद्धार गरिएको सेनाले जनाएको छ । सशस्त्र र नेपाल प्रहरीसँगको समन्वयमा खोज तथा उद्धारको काम भइरहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।




.gif)



