images

२०८३ आश्विन २० गते

images
images
images

विश्व बजारमा बढ्यो कच्चा तेलको भाउ

विश्व बजारमा बढ्यो कच्चा तेलको भाउ

images
images
सोमवार, कार्तिक १९ २०८१
सोमवार, कार्तिक १९ २०८१
  • काठमाडौँः विश्व बजारमा कच्चा तेलको भाउ बढेको छ । 

    images
    images

    पेट्रोलियम निर्यातकर्ता देशहरूको समूह ओपेक र समूह बाहिरका रुस लगायत प्रमुख तेल उत्पादक देशहरू अर्थात् ओपेक प्लसले उत्पादन बढाउने योजनामा अरू एक महिना ढिलाइ गरेपछि तेलको भाउले सोमबार टेवा पाएको हो ।

    लन्डन स्थित आईसीई एक्सचेञ्जको कोमेक्स डिभिजनमा बिहानी कारोबारमा ब्रेन्ट क्रुडको भाउ १ डलर १८ सेन्ट अर्थात् १ दशमलव ६१ प्रतिशतले बढेर ७४ डलर २८ सेन्टमा पुगेको थियो । न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा वेस्ट टेक्सस इन्टरमिडियट (डब्ल्यूटीआई)को भाउ पनि १ डलर २१ सेन्ट अर्थात् १ दशमलव ७४ प्रतिशतले बढेर प्रति ब्यारेल ७० डलर ७ सेन्टमा उक्लिएको थियो ।

    images
    images

    आइतबार ओपेक प्लसले दैनिक २२ लाख ब्यारेल कच्चा तेलको उत्पादन घटाउन योजना एक महिना बढाएर डिसेम्बर सम्म पुर्‍याउने निर्णय गरेको थियो । विश्व बजार कच्चा तेलको भाउ घटेको अनि कमजोर मागतर्फ औँल्याउँदै समूहले यस अघि नै एक महिना उत्पादन कटौतीको योजना लम्ब्याइ सकेको थियो ।

    जनवरी सम्म उत्पादन वृद्धिको योजनामा ढिलाइ गर्दा पनि खासै फरक नदेखिने आईएनजीका विश्लेषकहरूले एक नोटमा भनेका थिए । आगामी महिनामा समूहले दैनिक २२ लाख ब्यारेलको उत्पादन कटौतीको योजनामा क्रमिकः रूपमा अन्त्य गर्दै जाँदैछ ।

    दैनिक अर्को ३६ लाख ब्यारेलको कटौती भने सन् २०२५ को अन्त्यसम्म रहनेछ । गएको हप्ता ब्रेन्ट र डब्ल्यूटीआई दुवैको भाउ क्रमशः ४ प्रतिशत र ३ प्रतिशतले घटेका  थिए । अमेरिकाको कच्चा तेल उत्पादनका कारण गएको हप्ता तेल बजार दबाबमा रहेको थियो ।एजेन्सी

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend