images

२०८३ आश्विन २० गते

images
images
images
  • उर्जा
  • मातातीर्थ–चोभार १३२ केभी प्रसारण लाइन शुक्रबारदेखि...

मातातीर्थ–चोभार १३२ केभी प्रसारण लाइन शुक्रबारदेखि चार्ज गरिँदै

मातातीर्थ–चोभार १३२ केभी प्रसारण लाइन शुक्रबारदेखि चार्ज गरिँदै

images
images
मंगलवार, आश्विन २० २०८३
मंगलवार, आश्विन २० २०८३
  • काठमाडौं।  मातातीर्थ–चोभार १३२ केभी प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । करिब ६ किलोमिटर लामो उक्त प्रसारण लाइन शुक्रबारदेखि चार्ज गरिने भएको छ ।लाइन सञ्चालनमा आएपछि राष्ट्रिय प्रसारण प्रणालीमा थप वैकल्पिक मार्ग उपलब्ध हुने र काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रमा विद्युत् माग र आपूर्तिबीच सन्तुलन कायम गर्न  थप सहज हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले चोभार सबस्टेसन सञ्चालनमा आएपछि उपत्यकाको विद्युत् आपूर्ति थप भरपर्दो र गुणस्तरीय हुने बताए । चोभार सबस्टेसनमा ११ केभीका नौ वटा फिडर रहेका छन् । यहाँबाट कीर्तिपुर, फर्पिङ, पुल्चोक, एकान्तकुनालगायत क्षेत्रमा विद्युत् आपूर्ति गरिनेछ ।

    images
    images

    प्राधिकरणले आगामी हिउँदयाममा बढ्ने विद्युत् माग व्यवस्थापन गर्न असोज ८ गते मातातीर्थ–चोभार लाइन १५ दिनभित्र चार्ज गर्ने निर्णय गरेको थियो । लाइन चार्जका लागि चोभार सबस्टेसनमा दुई वटा वे निर्माण गरिएको छ ।चोभारदेखि ललितपुरको लगनखेल (पाटन) सबस्टेसनसम्म करिब साढे ४ किलोमिटर १३२ केभी भूमिगत प्रसारण लाइन निर्माणाधीन छ । पाटन सबस्टेसनलाई समेत १३२ केभीमा स्तरोन्नति गर्ने काम अघि बढाइएको छ ।थानकोट–चापागाउँ–भक्तपुर १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत ललितपुरको खोकना, बुंगमती, हरिसिद्धी र लामाटार क्षेत्रमा स्थानीय अवरोधका कारण निर्माण अघि बढ्न सकेको छैन । यसले काठमाडौं उपत्यकाको १३२ केभी प्रसारण प्रणालीलाई पूर्ण रिङ संरचनामा सञ्चालन गर्ने योजना प्रभावित हुँदै आएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend