काठमाडौँ । त्रिशुली जलविद्युत कम्पनीले दुई जना सञ्चालक मनोनयन गरेको छ । जलविद्युतको संस्थापक नेपाल दुरसंचार कम्पनी लिमिटेडको तर्फबाट प्रतिनिधित्व हुने दुई जना सञ्चालक मनोनयन भएका हुन् ।
नेपाल दुरसञ्चारका तत्कालिन प्रमुख प्राबिधिक अधिकृत प्रेम प्रसाद सिलवालको ठाउँमा प्राविधिक अधिकृत डिल्ली राम अधिकारी र तत्कालिन वित्तीय अधिकृत राजेन्द्र अर्यालको सट्टामा प्रमुख वित्तीय अधिकृत द्धारिका प्रसाद पौडेललाई जलविद्युत कम्पनीको असोज ६ गतेको बैठकले सञ्चालकमा मनोनयन गरेको हो । उनीहरुले सोही दिन पद तथा गोपनियताको शपथ ग्रहण समेत गरेका थिए ।




.gif)



