images

२०८३ आश्विन १६ गते

images
images
images
  • विश्व
  • लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय...

लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी

लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी

images
images
शुक्रवार, श्रावण ८ २०८३
शुक्रवार, श्रावण ८ २०८३
  • वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लाल सागरमा दुई साउदी तेल ट्याङ्करमाथि भएको आक्रमणपछि इरान र यमनका हुथी विद्रोहीलाई कडा सैन्य सजाय दिने चेतावनी दिएका छन् । हुथी समूहले आफूहरूले ती ट्याङ्करलाई क्षेप्यास्त्र र ड्रोनमार्फत आक्रमण गरेको दाबी गरेको छ । यस घटनाले पश्चिम एसियाको युद्ध अर्को महत्त्वपूर्ण समुद्री व्यापार मार्गसम्म फैलिएको छ । यस आक्रमणपछि विश्वव्यापी तेल आपूर्तिमा असर पर्ने चिन्ताले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढेको छ । ब्रेन्ट क्रुडको भाउ ६ प्रतिशतभन्दा बढी बढ्दै प्रति ब्यारेल १०० अमेरिकी डलर नाघेको छ । ब्रेन्टको भाउ यो स्तरमा पुगेको मे महिनायता पहिलो पटक हो ।अस्थायी युद्धविराम प्रभावहीन बनेको दुई सातापछि अमेरिकी सेनाले लगातार १३औँ रात इरानका सैन्य लक्ष्यहरूमा हवाई आक्रमण गरेको छ । 

    images
    images

    त्यसको प्रत्युत्तरमा इरानले अमेरिकी सैन्य अड्डा रहेका छिमेकी अरब मुलुकतर्फ क्षेप्यास्त्र प्रहार गरेको छ । इरानी सरकारी सञ्चारमाध्यमका अनुसार स्ट्रेट अफ होर्मुजस्थित केश्म टापुमा पनि क्षेप्यास्त्र आक्रमण भएको छ । अमेरिकी मिसाइल आक्रमणमा इरानको अहभाज सहरमा ४ जनाको मृत्यु भएको र पाँच जना घाइते भएको इरानी सरकारी टेलिभिजनले जनाएको छ ।ट्रम्पले सामाजिक सञ्जालमार्फत हुथीहरूले फेरि यस्तै आक्रमण गरे त्यसको जिम्मेवार इरान हुने बताएका छन् । उनका अनुसार हुथीहरू इरानका प्रतिनिधि हुन् । त्यसैले भविष्यमा हुने कुनै पनि आक्रमणको जवाफ इरान र हुथी दुवैलाई सैन्य कारबाहीमार्फत दिइनेछ । उनले समाचार संस्था एक्सियोससँग कुरा गर्दै इरानविरुद्ध ठुलो सैन्य अभियान पुनः सुरु गर्ने विषयमा आफू निर्णयको नजिक पुगेको र इरानले अझै पर्याप्त पीडा भोगिनसकेको बताएका छन् ।हुथीहरूले भने साउदी अरबविरुद्ध नौसैनिक नाकाबन्दी घोषणा गरेका छन् । इरानले स्टेट अफ होर्मुजमा लगाएको अवरोध छल्न साउदी अरेबियाले पाइप लाइनमार्फत दैनिक लाखौँ ब्यारेल तेल लाल सागरतर्फ पठाउँदै आएको छ । ट्रम्पले सामाजिक सञ्जालमा भविष्यमा मालवाहक जहाजहरूमा हुने सबै क्षतिको क्षतिपूर्ति अमेरिकामा रोक्का रहेका इरानी सम्पत्तिबाट असुल गरिने दाबी गरेका छन्। तर त्यसको प्रक्रिया भने उनले खुलाएका छैनन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend