images

२०८३ आश्विन १६ गते

images
images
images
  • शेयर
  • कानुनी पुनरावलोकनपछि मात्र आईपीओ निष्कासन प्रक्रिया...

कानुनी पुनरावलोकनपछि मात्र आईपीओ निष्कासन प्रक्रिया अघि बढ्ने संकेत

कानुनी पुनरावलोकनपछि मात्र आईपीओ निष्कासन प्रक्रिया अघि बढ्ने संकेत

images
images
बिहिवार, आषाढ २५ २०८३
बिहिवार, आषाढ २५ २०८३
  • काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले धितोपत्रसम्बन्धी कानुनी व्यवस्था समसामयिक रूपमा पुनरावलोकन गरेपछि मात्र प्राथमिक शेयर (आईपीओ) निष्कासन प्रक्रियालाई अघि बढाउने संकेत दिएको छ।

    images
    images

    बोर्डले सार्वजनिक गरेको विज्ञप्तिअनुसार हाल धितोपत्र सम्बन्धी ऐन, धितोपत्र दर्ता तथा निष्कासन नियमावली लगायतका कानुनी व्यवस्थाको पुनरावलोकन तथा संशोधन प्रक्रिया सुरु भइसकेको छ। उक्त प्रक्रिया सम्पन्न भएपछि मात्रै आईपीओ निष्कासनसम्बन्धी कार्यलाई थप व्यवस्थित ढंगले अघि बढाइने जनाइएको छ।

    बोर्डका अनुसार सार्वजनिक निष्कासन प्रक्रिया र धितोपत्र बजारको नियमनलाई अझ पारदर्शी, प्रभावकारी र व्यवस्थित बनाउन आवश्यक कानुनी सुधारमा काम भइरहेको छ।

    images
    images

    यससँगै बोर्डले नेपालको पुँजी बजारको सुधार र दीर्घकालीन विकासका लागि समयबद्ध कार्ययोजनासहितको विस्तृत पुँजी बजार विकास मार्गचित्र आगामी साताभित्र सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ।

    धितोपत्र बोर्डको यो कदमले आईपीओ निष्कासन प्रक्रिया, नियामकीय संरचना तथा समग्र पुँजी बजारलाई थप व्यवस्थित र विश्वसनीय बनाउने अपेक्षा गरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend