काठमाडौँ, २५ असार । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बिहीबार प्रि–ओपन सेसनमा पनि घटेको छ। अघिल्लो कारोबार दिन ३०.०९ अंकले घटेको बजार बिहीबार प्रि–ओपनमा थप १.८१ अंकले ओरालो लाग्दै २६१९.७७ विन्दुमा पुगेको हो।
यस अवधिमा सेन्सेटिभ इन्डेक्स पनि ०.०४ अंकले घटेको छ।
प्रि–ओपन सेसनमा २८ वटा कम्पनीको ३८ पटक कारोबार हुँदा ४५८ कित्ता शेयर किनबेच भएको छ। यसबाट कुल ५१ लाख ५७ हजार ७८८ रुपैयाँ ९० पैसा बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।
कारोबार भएका कम्पनीमध्ये ४ कम्पनीको शेयर मूल्य बढेको, १८ कम्पनीको घटेको तथा ६ कम्पनीको मूल्य स्थिर रहेको छ।
प्रि–ओपन सेसनको कारोबारले बजारमा सुरुआती दबाब कायम रहेको संकेत गरेको छ। अब नियमित कारोबारमा लगानीकर्ताको गतिविधि र बजारको दिशा कस्तो रहने भन्नेमा लगानीकर्ताको ध्यान केन्द्रित रहनेछ।




.gif)





