images

२०८३ आश्विन १५ गते

images
images
images

रुपन्देहीमा बोरिङको भरमा धान रोपाइँ

रुपन्देहीमा बोरिङको भरमा धान रोपाइँ

images
images
सोमवार, आषाढ २२ २०८३
सोमवार, आषाढ २२ २०८३
  • सिद्धार्थनगर (भैरहवा), २२ असार । मनसुन सक्रिय भए पनि पर्याप्त वर्षा नहुँदा रुपन्देहीका अधिकांश किसान यस वर्ष बोरिङ र पम्पसेटको भरमा धान रोप्न बाध्य भएका छन् । जिल्लाका कोटहीमाई, मर्चवारी, सम्मरीमाई, गैडहवा र ओमसतिया गाउँपालिका तथा लुम्बिनी सांस्कृतिक नगरपालिकालगायतका क्षेत्रमा भूमिगत पानी तानेर धान रोपाइँ भइरहेको छ ।
     
    विगतका वर्षमा आकाशे पानी र कुलोको सिँचाइमा निर्भर रहने किसान यस वर्ष चर्को घामबीच महँगो खर्च गरेर बोरिङ सञ्चालन गर्न बाध्य भएको स्थानीयहरूले बताएका छन् । समयमै पर्याप्त वर्षा नहुँदा रोपाइँ प्रभावित हुनुका साथै उत्पादनमा समेत असर पर्ने चिन्ता किसानमा बढेको छ ।
     
    लुम्बिनी सांस्कृतिक नगरपालिकाका किसान अमित चौहानले वर्षौंदेखि निर्माण भएका कुलोहरू संरक्षण र मर्मतको अभावमा प्रयोगविहीन बनेकाले खेतसम्म सिँचाइको पानी पुग्न नसकेको बताएका छन् । “कुलो छन्, तर पानी छैन, मर्मत नहुँदा किसानले त्यसको लाभ लिन सकेका छैनन्”, उनले भने ।
     
    मर्चवारी गाउँपालिकाका स्थानीय बैजनाथ बरइका अनुसार अहिले अधिकांशले पम्पसेटमार्फत सिँचाइ गरिरहेका छन् । किसानहरुले तीन–चार वटा पम्पसेट एकैसाथ सञ्चालन गरेर रोपाइँ भइरहेको उनको भनाइ छ । 
     
    स्थानीयका अनुसार मर्चवारसहित रुपन्देहीका दक्षिणी क्षेत्रमा स्थायी सिँचाइ प्रणाली नहुँदा प्रत्येक वर्ष किसानले यस्तै समस्या भोग्दै आएका छन् । भूमिगत पानीमा बढ्दो निर्भरता, डिजेल तथा विद्युत् खर्च र मौसमको अनिश्चितताले खेतीको लागतसमेत उल्लेखनीय रूपमा बढाएको उनीहरूको भनाइ छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend