images

२०८३ आश्विन १६ गते

images
images
images

रास्वपामा कार्यवाहक सभापति ?

रास्वपामा कार्यवाहक सभापति ?

images
images
शनिवार, कार्तिक १० २०८१
शनिवार, कार्तिक १० २०८१
  • काठमाडौँ, १०  कात्तिकः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने लामै समयका लागि थुनिने भएपछि अब पार्टी कसरी चलाउने भन्ने अन्योल सुरु भएको छ । पार्टीको कामै रविका व्यक्तिगत मुद्दालाई लिएर सडकमा दिन बिताउने कि जनताका अरु काम पनि गर्ने भन्ने कोणबाट समेत कुरा हुन थालेको छ ।

    images
    images

    आमनागरिक र बौद्धिक तप्काले पनि फौजदारी अनुसन्धानको प्रक्रियामा गएको र अदालतले समेत दुईदुई पटक म्याप गरिसकेको विषयमा सडकबाट दबाब दिन खोज्नु अनुचित भनेर टिप्पणी आाइरहेका छन् । त्यसैले अब रास्वपा रविको पछि लाग्न सक्दैन र विकल्प खोज्नुपर्छ भन्ने धारणा पार्टी भित्र र बाहिर समान रुपमा उठेका छन् ।

    जिल्ला अदालत कास्कीले १३ दिन सम्म थुन्न मिल्ने गरी प्रहरीलाई अनुमति दिएको छ । सुरुमा ६ दिन र त्यसपछि ७ दिनको म्याद दिएको अदालतले त्यसपछि पनि प्रहरीले चाहेमा थपिदिन सक्ने पर्याप्त संकेत गरेको छ । यसैबीच तिहार र छठ जस्ता नेपालीका महत्त्वपूर्ण चाडहरु आएकाले पनि रविको हिरासत बसाइ लम्बिने देखिएको छ ।  

    images
    images

    पोखरामा सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अहिले रवि माथि अनुसन्धान भइरहेको छ । त्यसपछि बुटवलको सुप्रिम, चितवनको सहारा र काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको अनुसन्धान हुनेछ ।

    वीरगन्जको सानो पाइला सहकारीमा पनि उनी तानिन सक्नेछन् । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा तानिएकाले अब उनी सहजै छुट्ने सम्भवना निकै कमजोर देखिएको छ । अदालतमा मुद्दा चलाइ सकेपछि पनि उनलाई पुर्पक्षका लागि थुनामै पठाउने वा एक पछि अर्को मुद्दाको अनुसन्धानकै लागि सयौँ दिन सम्म लाग्न सक्ने सम्भावना देखिएको छ । 

    अब रास्वपालाई रविको बचाउमा प्रयोग गर्न पनि मुस्किल पर्दै गएको छ । पोखरामा ६ दिनसम्म प्रदर्शन गरेर रास्वपाका नेता–कार्यकर्ता अब काठमाडौँ फर्किएका छन् । काठमाडौँमा पनि सधैँ माइतीघरको यातायात बिथोलेर जनसर्मथन पाउन मुस्किल छ । त्यसमाथि चाडबाड आएकाले उनीहरुको प्रदर्शनमा भेला हुने मान्छे पाउन झन् गाह्रो हुँदै गएको छ ।

    यसले सडक संघर्ष उनीहरुलाई निल्नु न ओकल्नु बनाएको छ ।यो भन्दा ठूलो सकस अब रास्वपामा नेतृत्व संकटले निम्तिदै छ । रविको निजी व्यक्तित्व र पहलमा स्थापित पार्टीमा अहिले एकले अर्कालाई नस्वीकार्ने समस्या देखिइ सकेको छ । स्वर्णिम वाग्ले, सुमना श्रेष्ठ, मनीष झा, विराजभक्त श्रेष्ठ, तोसिमा कार्कीहरु विगत देखि नै इतर धारका मानिन्थे ।

    डीपी अर्याल, विपिन आचार्य लगायत रविको पुरानो टिम बेग्लैछ । रविको खास विश्वासपात्र मुकुल ढकाल अहिले पार्टी नै छाडेर रवि विरुद्ध लागेका छन् र रविले गरेका विभिन्न हर्कतहरुको पोल खोल्दै छन् । 

    पार्टी संरचनामा रंवि पछि उपसभापति पदमा डीपी अर्याल र स्वर्णिम वाग्ले क्रमशः छन् । तर, स्वर्णिम खेमाले डीपीलाई आफ्नो नेता मान्न कठिन छ । डीपी व्यापारी पृष्ठभूमिका हुन् । उनी र उनको खेमामा भएका अरु नेता पनि कुनै पनि बखत छानबिनमा तानिन सक्नेछन् । उनीहरुका पनि सहकारी प्रकरण देखि अनेक विवाद बाहिर आइरहेका छन् ।

    विपिन त रवि मुछिएका प्रत्येक काण्ड र परियोजनामा जोडिएका छन् । उनकी श्रीमती सुरक्षा अधिकारीका विरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ । तसर्थ अब रास्वपामा रवि, डीपी र विपिन खेमा निकै कमजोर बनेको छ । 

    यस्तो अवस्थामा पार्टी भित्रको मत स्वर्णिमका लागि अनुकूल बन्दै जानेछ । स्वर्णिम वाग्लेको हातमा पार्टी गयो भने उनले कांग्रेसमा विलय गराउँछन् कि भन्ने भय पनि एकातिर छ । त्यसैले उनलाई रोक्न कतिपयले रविकै श्रीमती निकिता पौडेललाई कार्यवाहक सभापति बनाउनुपर्ने मत जबरजस्त उठ्न थालेकोछ ।

    रवि पक्षधर धेरै नेता कार्यकर्ताले यस खालको लबिङ सुरु गर्ने सुरसार गरिहेका छन् । स्वर्णिमबाट रास्वपालाई जोगाउन निकितालाई कार्यवाहक सभापति बनाउने सूत्रले कति काम गर्छ, त्यो भने भविष्यले नै देखाउला ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend