images

२०८३ आश्विन १५ गते

images
images
images

पशुपालनमा रमाइरहेका सापकोटा

पशुपालनमा रमाइरहेका सापकोटा

images
images
बिहिवार, बैशाख ३१ २०८३
बिहिवार, बैशाख ३१ २०८३
  • गलकोट (बागलुङ), ३१ वैशाख । कोरोना महामारीका कारण १२ वर्षसम्म यहाँको बागलुङ बजारमा मिष्टान्न र होटल सञ्चालन गर्दै आएको बलराम सापकोटाले व्यवसाय बन्द गर्नुप¥यो । यद्यपि, उनले कोरोना महामारीको खराब परिस्थितिलाई अवसरमा बदल्दै गाउँमै कृषि तथा पशुपालन व्यवसाय सुरु गरेका थिए । त्यस बेलादेखि उहाँ निरन्तर यसैमा रमाइरहेका छन् ।

    images
    images

    कोरोना महामारीका बेला बजारको व्यवसाय बन्द भएपछि गाउँ गएर पशुपालन र फलफूल खेती गर्न थालेको र हाल त्यसबाट राम्रो आम्दानीकमा साथै सन्तुष्टिपनि मिलिरहेको सापकोटाले बताएका छन् । हाल आफूले मासिक रु दुई लाख बचत गर्दै आएको सुनाएका छन् । 

    सापकोटाले विसं २०७६ देखि व्यावसायिक कृषि र पशुपालनमा लगानी सुरु गरेका थिए । उनले पशुपालन र सुन्तला खेतीमा गरी करिब रु एक करोड लगानी गरेको सुनाएका छन् ।

    images
    images

    “उत्पादनमा नजोडिएसम्म हुँदैन भन्ने कुरा कोरोनाले सिकायो, पाँच वटा ट्याक्सी थिए सबै छोडेर गाउँ फर्केर ३६ रोपनी जग्गालाई हराभरा बनाउन थाले”, सापकोटाले भनेका छन्, “यहीबीचमा बागलुङ नगरपालिका–५ मालिकाको वडा सदस्य भएर जनताको सेवासँगै कृषि र पशुपालन गरेर अरूलाई पनि प्रेरणा दिन खोजिरहेको छु ।”

    हाल सापकोटाले ११ वटा गाई र १३ वटा भैँसी पालिरहेका छन् । दैनिक करिब एक सय ५० लिटर दूध उत्पादन भइरहेको र उक्त दूध बागलुङ दुग्ध उत्पादन संस्थामार्फत बिक्री हुँदै आएको उनले बताएका छन् ।

    “पशुपालनसँगै पशुवस्तु खरिद–बिक्रीको काम पनि गर्दै आएको छु । मासिक चार लाख ५० हजारको दूध बिक्री हुने गरेको छ भने दाना र कर्मचारीलगायतको खर्च कटाएर दुई लाख बचत हुन्छ । बचत रकमले फलफूल बगैँचा विस्तार गरिरहेको छु”, सापकोटाले भनेका छन् ।

    सापकोटाले आफ्नो २७ रोपनी र भाडाको नौ रोपनी जग्गामा एक हजार सुन्तलाका बिरुवा, एक सय १० वटा कागती र ५० वटा ओखरका बिरुवा लगाएका छन् । सुन्तलाबाट अझै आम्दानी सुरु नभए पनि आगामी वर्षदेखि राम्रो उत्पादन हुने उनले बताएका छन् ।

    मल्चिङ प्रविधिबाट उनले सुन्तला खेती गरेका छन् । धनकुटे जातको सुन्तला लगाएर झार नियन्त्रण, चिस्यान संरक्षण र माटोमा पोषण कायम राख्ने काम गरिएको सापकोटाले बताएका छन् । कृषिका लागि आवश्यक पानी व्यवस्थापन गर्न गहुँत तथा पानी लिफ्टिङ गरेर करिब दुई सय मिटर माथिसम्म पु¥याएको उहाँले जानकारी दिएका छन् ।

    हाल सापकोटाको कृषि तथा पशुपालन फार्ममा चार जनाले रोजगारी पाएका छन् । उनले सुन्तला पकेट क्षेत्र बनाउने लक्ष्यसहित काम गरिरहेको जानकारी दिएका छन् । “कोरोनाले एउटा व्यवसाय बन्द गर्नुप¥यो, तर त्यसले अर्को अवसरको ढोका खोल्यो । त्यसैले केही समस्या भएका आत्तिनु हुँदैन । गाउँमा बसेर मेहनत गरे राम्रो आम्दानी गर्न सकिन्छ । यही उदाहरण दिन पनि मैले काम गरिरहेको छु”, उनले भनेका छन् । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend